मुख्य समाचार
संसदीय दल गठनको प्रस्ताव पारित
संसदीय दल गठनको प्रस्ताव पारित

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकबाट संसदीय दल गठनको प्रस्ताव पारित भएको छ। वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले संसदीय दल गठनको प्रस्ताव पारित गरेको प्रवक्ता मनिष झा बताए।


बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि उपस्थित छन्। केन्द्रीय समितिको बैठकपछि संसदीय दलको बैठक बस्ने छ। सोही बैठकले बालेनलाई संसदीय दलको नेता चुन्ने कार्यतालिका छन्।


निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले शपथ लिएसँगै आफ्नो एक महिनाको तलब शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका छन्। शुक्रबार प्रतिनिधिसभा सदस्यको औपचारिक शपथ लिएसँगै सांसद थेबेले पहिलो महिनाको तलब जिल्लाको आधारभूत विद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले भने,'ताप्लेजुङका जनताको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यको रूपमा आज औपचारिक ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रतिपक्षमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताएका हुन् । उनले सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उल्लेख गरे । प्रतिपक्षी भन्ने बितिकै विरोध नै गर्नुपर्छ ...
— प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्री ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले यस पटक जनताले आफूहरुलाई ठूलो विश्वास गरेको मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका हुन् । अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना ...
— जाँचबुझ आयोगका अनुसार नेपालले आज एउटा यस्तो युद्ध हार्दै छ, जसको हारको घोषणा कहीँकतै गरिएको छैन किनभने यो युद्ध शान्त, शालिन र आरामदायी छ । यस युद्धको मुख्य कारक तत्त्व वा यसको प्रधानसेनापति भने ‘अल्गोरिदम’ भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । नेपाल स्वतन्त्र देशजस्तो देखिए पनि यहाँका नागरिकहरू विचार र व्यवहारमा स्वतन्त्र नभएको जिकिर ...