मुख्य समाचार
नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने
नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका छन् ।


बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले रास्वपालाई शुभकामना दिदै नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका हुन् । साथै उनले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेको समेत प्रतिक्रिया दिए । उनले शान्तिपूर्ण निर्वाचन हुनु सबैका लागि राम्रो भएको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रतिपक्षमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताएका हुन् । उनले सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उल्लेख गरे । प्रतिपक्षी भन्ने बितिकै विरोध नै गर्नुपर्छ ...
— प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्री ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले यस पटक जनताले आफूहरुलाई ठूलो विश्वास गरेको मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका हुन् । अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना ...
— जाँचबुझ आयोगका अनुसार नेपालले आज एउटा यस्तो युद्ध हार्दै छ, जसको हारको घोषणा कहीँकतै गरिएको छैन किनभने यो युद्ध शान्त, शालिन र आरामदायी छ । यस युद्धको मुख्य कारक तत्त्व वा यसको प्रधानसेनापति भने ‘अल्गोरिदम’ भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । नेपाल स्वतन्त्र देशजस्तो देखिए पनि यहाँका नागरिकहरू विचार र व्यवहारमा स्वतन्त्र नभएको जिकिर ...
स्थानीय बासिन्दालाई आय आर्जनसित जोडेर बृहत्तर लुम्बिनी क्षेत्र परियोजना कार्यान्वयन गर्न विश्व बैंकको बोर्ड बैठकले ८५ मिलियन डलर (साढे १२ अर्ब ६६ लाख) ऋण सहायता स्वीकृत