मुख्य समाचार
कम्बोडियाले एकैपटक ५१ जना नेपालीलाई निष्कासन
कम्बोडियाले एकैपटक ५१ जना नेपालीलाई निष्कासन

: कम्बोडियाले एकैपटक ५१ जना नेपालीलाई निष्कासन गरेको छ। अनलाइन गेमिङ सेन्टर र क्यासिनोमा अवैध रूपमा काम गर्दै आएका उनीहरूलाई कम्बोडियाले निष्कासन गरेको हो। उनीहरू थाइ एयरवेजको जहाजबाट बुधबार बैंकक हुँदै काठमाडौं आइपुगेका हुन्।


विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैरकानुनी काममासमेत लगाइएको थियो।


कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको गुनासो थाइल्यान्डस्थित दूतावासमा आएको बताइएको छ।



स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जनाएको छ।

चिनियाँ नागरिकहरूले कम्बोडिया र म्यानमारमा अवैधरूपमा गेमिङ सेन्टरहरू सञ्चालन गर्ने गरेको र नेपालीहरू मानव तस्करबाट त्यहाँ पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको जनसंख्या एक दशकको अवधिमा झन्डै पाँच गुणाले वृद्धि भएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सन् २०२६ मा सार्वजनिक गरेको नेपाली डायस्पोरा इन अस्ट्रेलिया शीर्षकको अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनअनुसार सन् २०१४ मा अस्ट्रेलियामा नेपालमा जन्मिएका ...
। विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ । मंसिर १६ गतेदेखि २७ गतेसम्म औपचारिक रुपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेलहरु ८ गतेदेखि सुरु भइसकेका छन् । ‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ (गैरआवासीय नेपाली संघ–खेलकुद प्रतिष्ठान) ले प्रतियोगितामा आफ्नो सहभागिता, तयारी र हालसम्मका नतिजाबारे ...
: तपाईं संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत हुनुहुन्छ ? तपाईंको राहदानी (पासपोर्ट) कम्पनीले राखेको छ ? यदि त्यसो हो भने यूएईको कानुनअनुसार तपाईंले आफ्नो पासपोर्ट आफैँसँग राख्न पाउनुहुन्छ । यूएईको संघीय श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था गरेको छ । यसमा पासपोर्टसमेत पर्छ । पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार भएकाले रोजगारदाताले आफ्नो ...
। साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् । गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन ...
: संयुक्त अरब इमिरेट्स (यूएई) मा अनलाइन ठगी गर्ने गिरोहको जालोमा नेपाली श्रमिकहरु फस्ने गरेको पाईएको छ । विशेषगरी टेलिग्राममार्फत आकर्षक आम्दानी र पार्टटाइम कामको प्रलोभन देखाएर नेपालीको बैंक खाता प्रयोग गरी गैरकानुनी आर्थिक कारोबार गरेको पाएपछि उनीहरु कानूनी समस्यामा पर्ने गरेका हुन् । यसरी ठगीमा पर्ने नेपालीको यकिन तथ्यांक उपलब्ध नभए पनि संख्या ठूलो ...