मुख्य समाचार
अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत इरानलाई सन्देश पठाउन सुरु
अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत इरानलाई सन्देश पठाउन सुरु

: मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत इरानलाई सन्देश पठाउन सुरु गरेको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले पछिल्ला केही दिनदेखि अमेरिकाबाट निरन्तर सन्देशहरू आइरहेको खुलासा गरेका हुन्।


इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री अरागचीले ती सन्देशहरू 'मित्रवत देशहरू' मार्फत प्राप्त भएको बताएका छन्। उनले भने, 'अमेरिकाले फरक–फरक मध्यस्थकर्ताहरू प्रयोग गरेर हामीलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ।'


प्राप्त सन्देशहरूको जवाफमा इरानले आफ्नो स्पष्ट अडान र चेतावनी पठाएको अरागचीले जानकारी दिए। उनले यसलाई वार्ता वा कुनै सम्झौताको प्रयास नभएको स्पष्ट पारेका छन्।



उनले भनेका छन्, 'यो न त कुनै वार्ता हो, न कुनै लेनदेन, न त त्यस्तै कुनै अरु प्रक्रिया नै हो, इरानको अहिलेको नीति आफ्नो सुरक्षा गर्ने मात्र हो। तत्काल अमेरिकासँग कुनै पनि प्रकारको वार्ता गर्ने हाम्रो कुनै इरादा छैन।'

अरागचीले वर्तमान संकटका लागि इजरायललाई जिम्मेवार ठहर्‍याएका छन्। उनले यो इजरायलले सुरु गरेको लडाइँ भएको र यसको भारी मूल्य अमेरिकाका साथै मध्यपूर्वका सर्वसाधारणले चुकाउनुपरेको टिप्पणी गरे।

युद्ध अन्त्यका लागि अमेरिकाको यस अघि १५ बुँदे सम्झौताको खाका पाकिस्तानमार्फत इरानलाई हस्तान्तरण गरेको थियो। जुन प्रस्ताव इरानले सिधै अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम