मुख्य समाचार
ट्रम्पले आफ्नो प्रशासनले इरानसँग वार्ता गरिरहेको र इरान सम्झौताका लागि आतुर रहेकाे दाबी
ट्रम्पले आफ्नो प्रशासनले इरानसँग वार्ता गरिरहेको र इरान सम्झौताका लागि आतुर रहेकाे दाबी

: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानसँग वार्ता गरिरहेको र इरान सम्झौताका लागि आतुर रहेकाे दाबी गरेका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित वार्तामा उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री मार्को रुबियो प्रत्यक्ष रूपमा संलग्न रहेको जानकारी दिए।

ट्रम्पका अनुसार इरानी प्रशासनले आफूहरूले कहिल्यै पनि परमाणु हतियार निर्माण नगर्ने कुरामा सहमति जनाएको छ। यद्यपि, उनले यस्तो दाबी पहिले पनि पटक-पटक गर्दै आएका थिए ।


साथै इरानसँगको शान्ति सम्झौता कति सफल होला भन्ने प्रश्नमा ट्रम्पले संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'यो युद्ध जितिएको छ।'

बीबीसीले उल्लेख गरेअनुसार ट्रम्पले युद्ध जितिएको दाबी गरे पनि यो द्वन्द्व वास्तवमै कसरी र कुन प्रक्रियाबाट टुङ्गिन्छ भन्नेबारे भने ठोस खाका प्रस्तुत गरेका छैनन्।

इरानमाथि लगाइएको कडा प्रतिबन्ध र क्षेत्रीय तनावका बीच ट्रम्पको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर, विपक्षी र कूटनीतिक विज्ञहरूले भने ठोस योजना बिनाको यस्तो घोषणाले अन्योल बढाउन सक्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम