मुख्य समाचार
सावित्रा भण्डारी 'साम्बा'को दाहिने घुँडाको सफल शल्यक्रिया
सावित्रा भण्डारी 'साम्बा'को दाहिने घुँडाको सफल शल्यक्रिया

: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी 'साम्बा'को दाहिने घुँडाको सफल शल्यक्रिया भएकाे छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको सल्यक्रिया सम्पन्न भएको हो। अकल्यान्ड अस्पतालको डाक्टर साइमन र उनको टोलीले 'साम्बा'को दाहिने घुँडाको शल्यक्रिया गरेका हुन्। जुन कुरा साम्बाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।


कतारको एस्पेटारमा घुँडाको शल्यक्रिया गर्न चाहेको भन्दै केही समयअघि साम्बाले सामाजिक सञ्जाल मार्फत आफूलाई आर्थिक सहयोगको अपिल गरेकी थिइन्। मध्यपूर्व क्षेत्रमा रहेको तनावका कारण सावित्रा भण्डारी 'साम्बा'काे कतारमा रहेको एस्पेटारमा शल्यक्रिया गर्ने चाहना अधुरो रहेको हो। उनले यो कुरा आफ्नो पाेस्टमा स्पष्ट उल्लेख गरेकी छन् ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटारमा पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्याण्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ।'


उनले पोस्टमार्फत नै शल्यक्रिया भइसकेको र बिहिबारबाट आफ्नो रिहाबको कामहरु सुरु हुने जानकारी दिएकी छिन्। साथै अवस्था सामान्य रहेपछि रिहाब एस्पेटारमा निरन्तरता दिने उनको भनाई छ ।



कठिन समयमा आफूलाई साथ दिएको भन्दै सम्पूर्ण समर्थकहरुमा उनले धन्यवाद व्यक्त गरेकी छन्। ‘यस पीडाको घडीमा मलाई साथ दिनुहुने बलिङटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुनेछ । मेरो क्लब वेलिङटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनु भएको छ । आम समर्थक जसले मेरो लागि सहयोग र माया दिनुभयो त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद।'

सावित्रा गत पुसमा अस्ट्रेलियन लिग खेल्ने क्रममा घुँडाको चोट बोकेकी थिइन्। उनलाई यसअघि पनि वि सं २०७८ सालमा एन्फा महिला लिग खेल्ने क्रममा पहिलोपटक दायाँ घोडाको मांसपेशी च्यातिएको थियो अहिले त्यही ठाउँमा चोट बल्झिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...