मुख्य समाचार
सावित्रा भण्डारी 'साम्बा'को दाहिने घुँडाको सफल शल्यक्रिया
सावित्रा भण्डारी 'साम्बा'को दाहिने घुँडाको सफल शल्यक्रिया

: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी 'साम्बा'को दाहिने घुँडाको सफल शल्यक्रिया भएकाे छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको सल्यक्रिया सम्पन्न भएको हो। अकल्यान्ड अस्पतालको डाक्टर साइमन र उनको टोलीले 'साम्बा'को दाहिने घुँडाको शल्यक्रिया गरेका हुन्। जुन कुरा साम्बाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।


कतारको एस्पेटारमा घुँडाको शल्यक्रिया गर्न चाहेको भन्दै केही समयअघि साम्बाले सामाजिक सञ्जाल मार्फत आफूलाई आर्थिक सहयोगको अपिल गरेकी थिइन्। मध्यपूर्व क्षेत्रमा रहेको तनावका कारण सावित्रा भण्डारी 'साम्बा'काे कतारमा रहेको एस्पेटारमा शल्यक्रिया गर्ने चाहना अधुरो रहेको हो। उनले यो कुरा आफ्नो पाेस्टमा स्पष्ट उल्लेख गरेकी छन् ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटारमा पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्याण्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ।'


उनले पोस्टमार्फत नै शल्यक्रिया भइसकेको र बिहिबारबाट आफ्नो रिहाबको कामहरु सुरु हुने जानकारी दिएकी छिन्। साथै अवस्था सामान्य रहेपछि रिहाब एस्पेटारमा निरन्तरता दिने उनको भनाई छ ।



कठिन समयमा आफूलाई साथ दिएको भन्दै सम्पूर्ण समर्थकहरुमा उनले धन्यवाद व्यक्त गरेकी छन्। ‘यस पीडाको घडीमा मलाई साथ दिनुहुने बलिङटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुनेछ । मेरो क्लब वेलिङटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनु भएको छ । आम समर्थक जसले मेरो लागि सहयोग र माया दिनुभयो त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद।'

सावित्रा गत पुसमा अस्ट्रेलियन लिग खेल्ने क्रममा घुँडाको चोट बोकेकी थिइन्। उनलाई यसअघि पनि वि सं २०७८ सालमा एन्फा महिला लिग खेल्ने क्रममा पहिलोपटक दायाँ घोडाको मांसपेशी च्यातिएको थियो अहिले त्यही ठाउँमा चोट बल्झिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम