मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न बाध्य
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न बाध्य

: प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न बाध्य भएकी छन्। भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन पहिल्यै 'लीक' भएपछि प्रधानमन्त्री कार्कीले बुधबार साँझ सार्वजनिक गर्ने निर्णयमा पुगेकी हुन्।

'सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो,' प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जनाएका छन्।

रावलका अनुसार प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।


यसअघि मंगलबार प्रधानमन्त्री कार्कीले नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी थिइन्।

त्यस्तै उनले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छन्। यो मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार तीन सय चालीस र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४हजार २५३ गरी जम्मा ...
: नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो काट्दै गरेका पाठकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ...
: नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो। महाधिवेशनअन्तर्गत भौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा ...
: मुगुको सदरमुकाम गमगढीमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीमा सञ्चालनमा रहेका तीन वटा मासु पसलमा छापा मार्दा मासु तयारी अवस्थामा राखिएका बाख्री र मासुसहित व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ताबाट ...
: सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र लुटपाट गर्ने ...