मुख्य समाचार
इरानी नेतृत्वले अमेरिकासँग भइरहेको भित्री वार्तालाई सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको दाबी
इरानी नेतृत्वले अमेरिकासँग भइरहेको भित्री वार्तालाई सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वले अमेरिकासँग भइरहेको भित्री वार्तालाई सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको दाबी गरेका छन्। एक चन्दा संकलन कार्यक्रम (फन्डरेजिङ डिनर) लाई सम्बोधन गर्दै ट्रम्पले इरानी अधिकारीहरूले अमेरिकासँग वार्ता भइरहेको तथ्य लुकाइरहेको टिप्पणी गरे।


बिबिसीका अनुसार ट्रम्पले इरानी नेताहरूको आधिकारिक भनाइलाई खण्डन गर्दै उनीहरू सम्झौताका लागि आतुर रहेको बताए। सम्बोधनका क्रममा उनले भने, 'इरानी नेताहरू जुनसुकै मूल्यमा पनि अमेरिकासँग सम्झौता गर्न चाहन्छन्, तर यो कुरा स्वीकार गर्न उनीहरूलाई डर छ।'


ट्रम्पले इरानी नेताहरूले वार्ताको कुरा लुकाउनुका पछाडि दुईवटा मुख्य कारण रहेको बताएका छन्। उनका अनुसार वार्ताको खबर सार्वजनिक भएमा आफ्नै जनताले विद्रोह गर्ने वा आक्रमण गर्ने उनीहरूको बुझाइ छ। त्यस्तै अर्काे कारण अमेरिकाले नै उनीहरूमाथि सैन्य कारबाही गर्ने हो कि भन्ने डरले पनि इरानी नेताहरू हच्किएका छन्।



इरानद्वारा अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार

यसअघि अमेरिकाले मध्यपूर्वमा जारी तनाव कम गर्न र युद्धविरामका लागि १५ बुँदे प्रस्ताव अघि सारेको चर्चा चलेको थियो। तर, इरानले उक्त प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरिदिएको छ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अमेरिकाको सर्तमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन्। उनले भनेका छन्, 'इरानले युद्ध आफ्नै सर्तहरूमा मात्र अन्त्य गर्नेछ, अमेरिकाले दिएको योजनामा होइन।'

पछिल्लो समय इरान र अमेरिकाबीच प्रत्यक्ष वार्ता नभएको दाबी गरिए तापनि ट्रम्पको यो बयानले कूटनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। एकातिर अमेरिका सम्झौताको दबाब दिइरहेको छ भने अर्कोतिर इरानले आफ्नै सर्तहरूलाई प्राथमिकता दिइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम