मुख्य समाचार
राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो
राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो

। अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ।

एन्फा महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाई सहयोग गर्न राखेपासँग आग्रह गरिएको छ। एन्फाले आफूले परिषद र मन्त्रालयको निर्देशन उल्लंघन नगरेको दाबी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८(ड) र दफा २९(१) अनुसार कुनै उल्लंघन नभएको स्पष्ट पारेको छ।
पत्रमा एन्फाले राखेपबाट आएका सबै निर्देशनको समयमै पालना गर्दै लिखित जवाफ दिँदै आएको उल्लेख गरेको छ। साथै, निर्वाचनसम्बन्धी विषयमा फिफा र एएफसीको निर्देशनबारे पनि परिषदलाई जानकारी गराइसकेको जनाइएको छ।

एन्फाले आफू एक स्वायत्त संस्था भएको र फिफा तथा एएफसीको सदस्यका रूपमा उनीहरूको नियम र निर्देशन पालना गर्नु आफ्नो दायित्व भएको बताएको छ। साथै, तेस्रो पक्षको हस्तक्षेप भएमा नेपाली फुटबल अन्तर्राष्ट्रिय रूपमा निलम्बनमा पर्न सक्ने चेतावनीसमेत फिफा र एएफसीबाट आएको उल्लेख गरिएको छ।

निर्वाचन स्थगन भए अन्तर्राष्ट्रिय प्रतियोगिता, आर्थिक तथा प्राविधिक सहयोगसमेत रोकिने भएकाले निर्धारित मितिमै निर्वाचन गर्न बाध्यात्मक अवस्था रहेको एन्फाले जनाएको छ। एन्फाले राखेपलाई कुनै पनि निलम्बनको निर्णय नगर्न र निर्वाचन सम्पन्न गर्न सहयोग गर्न पुनः अनुरोध गरेको छ।

राखेपले मंगलबार एन्फालाई ‘कारबाही किन हुनु नपर्ने हो ?’ भन्ने कारण सोध्दै २४ घण्टाको अल्टिमेटमसहित पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम