मुख्य समाचार
‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने
‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने

। कुल ब्वाय र सिम्रन पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ । बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म आउने जनाएको हो ।

सशान कँडेल सन्तोष निर्देशित फिल्म गतवर्षको हिट फिल्म हो । कलेज जीवनको प्रेम, मित्रता र धोकाको कथावस्तुमा आधारित यो फिल्मलाई विशेषगरि युवा दर्शकले रुचाएका थिए ।

फिल्मको मुख्य भूमिकामा नयाँ पुस्ताका कलाकार सामेल छन् । टिकटकबाट चर्चामा आएका दुई कन्टेन्ट क्रिएटरहरू कुल ब्वाय ‘पारस बम’ र सिम्रन पन्तको यसमा शीर्ष भूमिका छ ।

साथै, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, र आशिष घिमिरेको यसमा अभिनय छ । यी सबै कलाकारको यो डेब्यू फिल्म हो । आशिष चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाका छोरा हुन् ।

हल रिलिजको एकवर्षपछि यो फिल्मलाई इन्टरनेट प्लाटफर्ममा ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम