मुख्य समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ

। वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालिगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२ वर्षीय धनिराम बुढा र कास्कीको रुपा गाउँपालिका–५ का ३६ वर्षीय बिकल पौडेल छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको छ ।

पौडेलले क्यानडा पठाउने भन्दै १० लाख, बुढाले अमेरिका पठाउने भन्दै १८ लाख, दर्जीले क्रोएसिया पठाउने भन्दै ३ लाख २० हजार र भण्डारीले रोमानिया पठाउने भन्दै १ लाख ४६ हजार ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुरुपयोग भएको डाक्टर दर्ता नम्बर रोक्न मेडिकल काउन्सिलको निर्देशन
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले वर्तमान सरकारको म्याण्डेड निर्वाचन र भदौ २३ ...
। इजरायल-अमेरिका र इरानबीच जारी सैन्य तनाव तत्काल अन्त्य हुने संकेत देखिएको छैन । युद्धको स्वरूप फेरिँदै जाँदा दुवै पक्षले सैन्य अखडाका अतिरिक्त गैरसैन्य संरचनालाई पनि निसाना बनाउन थालेका छन्, जसमा पेट्रोलियम उत्खनन क्षेत्र र रिफाइनरीहरू मुख्य तारो बनेका छन् । लम्बिँदै गएका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थ र ग्यास आपूर्ति शृङ्खला खलबलिन थालेकाले आगामी ...
। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण ...
। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पेट्रोल बम निर्माण गर्ने विषयमा आन्दोलनरत पक्षले छलफल गरेको पाइएको छ । जेनजी आन्दोलनका घटना जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदनमा यसबारे खुलाएको हो । ‘डिस्कर्ड नाम गरेका विभिन्न सञ्जालको पनि विभिन्न ग्रुपहरू थिए । तीमध्येको एउटा डिस्कर्ड ग्रुपमा अराजक गतिविधि मोलोटोभ कक्टेल ( पेट्रोल बम) ...