मुख्य समाचार
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ

। प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौं आएका थुइओनले आफ्नो सुटकेसभित्र गाँजा ल्याएको भेटिएको नेउपानेले बताए । जुन तौल गर्दा तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) पाइएको छ ।

नियन्त्रणमा लिइएका थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो । आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् । शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् । केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए । उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल ...
: संक्रमणकालीन न्याय टुंग्याउन गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ताा पारिएका व्यक्तिको छानबिन आयोग खारेज गर्न र पारदर्शी प्रक्रियाद्वारा नयाँ ढंगले गठन गर्न द्वन्द्व पीडितहरू ले दबाब दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीचको दलीय भागबन्डामा अपारदर्शी प्रक्रियाद्वारा आयोग सम्बद्ध व्यक्तिहरूलाई पदाधिकारी बनाइएको दाबी गर्दै द्वन्द्व पीडितहरू ले राजीनामा दिएर फिर्ता हुन दबाब ...