मुख्य समाचार
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात

वीरगन्जः सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार कर्णाली प्रदेशविरुद्ध पहिलो खेल खेल्दै सुदूरपश्चिमले चार विकेटको सहज जित निकालेको हो।


सुदूरपश्चिको जितमा तीव्र गतिका बलर हेमन्त धामी नायक सावित भए। धामी एक्लैले ६ विकेट लिँदै सुदूरपश्चिमको जितलाई सहज बनाए। धामिको घातङ बलिङसामू ११९ रनमा समेटिएको कर्णालीविरुद्ध चार विकेटको जित हात पार्दै सुदूरपश्चिमले दुई अंक बटुल्न सफल भयो।


कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा पूरा गरेको थियो। कर्णालीविरुद्ध खराब सुरुवात गरे पनि किरण ठगुन्नाले २६ र खडक बोहराले २३ बनाउँदै सुदूरपश्चिमलाई जित नजिक पुर्याएका थिए। सुदूरपश्चिमका मिलन बोहराले अविजित १८ र शेर मल्लले अविजित १० रन बनाउँदै जित दिलाए।



कर्णालीका बलर अनुज चनरा र दिवन पुनले २–२ विकेट लिए भने प्रकाश जैसी र दीपेन्द्र रावत १–१ विकेट हात पारे। यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै ११९ रन मात्र बनाएको थियो। कर्णालीलाई सामान्य रनमै रोक्ने क्रममा धामीले ६ विकेट लिँदा कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले १–१ विकेट लिए।

कर्णालीका विपिन रावलले ३३ र सुनिल धमलाले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो ओभरको तेस्रो बलमै ओपनर रवीन्द्र शाहीलाई गुमाएको कर्णालीका लागि विपिन र सुनिलले राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडी चल्न नसक्दा ठूलो योगफल तयार पार्न सकेन।

सात ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट हात पारेका सुदूरपश्चिमका धामी प्लेयर अफ दि म्याच घोषित भए। जितसँगै सुदूरपश्चिमले दुई अंक बटुलेको छ दोस्रो खेल खेलेको कर्णालीले एक अंकमा रोकिएको छ। यसअघि शनिबार लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १–१ अंक बाँडेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम