मुख्य समाचार
पर्यटक भिसामा आएका विदेशी खेलाडीले अझै लिएनन् श्रम स्वीकृति
पर्यटक भिसामा आएका विदेशी खेलाडीले अझै लिएनन् श्रम स्वीकृति

: गत चैत ५ गते अध्यागमन विभागले विदेशी खेलाडीको विषयमा एक सूचना जारी ग¥यो। सूचना पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउने सम्बन्धमा थियो। नेपालमा सहिद स्मारक एन्फा महिला लिग–२०८२ अन्तर्गतका विभिन्न खेल भइरहेका थिए। यी खेलमा सहभागी हुन आएका विदेशी खेलाडीसँग श्रम स्वीकृति र वर्किङ भिसा नभएपछि अध्यागमन विभाग नियमनमा उत्रिएको थियो।


नेपालमा खेल खेल्न आएका ३८ जना विदेशी खेलाडीसँग वर्किङ भिसा नभएपछि उनीहरूलाई खेलमा सहभागी नगराउन विभागले निर्देशन दिएको थियो। पर्यटक भिसामा नेपाल आएका ३८ विदेशी खेलाडीमध्ये तीन जना महिला खेलाडीसँग मात्रै वर्किङ भिसा भएको अध्यागमन विभागले जानकारी दिएको छ।


अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार अध्यागमन नियमावली २०५१, को नियम २० अनुसार विदेशीहरू जुन भिसामा नेपाल आएका हुन्, सोही प्रयोजनबाहेक अन्य काम गर्न पाइँदैन। नेपालमा जारी राष्ट्रिय लिग– २०८२ र सहिद स्मारक एन्फा महिला लिग २०८२ का खेल खेल्न विभिन्न देशका ३८ जना विदेशी खेलाडी नेपाल आएको विभागको रेकर्ड छ। यीमध्ये धेरै खेलाडीले पर्यटक भिसामात्रै लिएका थिए।



पर्यटक भिसा लिएर नेपाल आएका खेलाडीहरूले यहाँका क्लबसँग आबद्ध भएर खेल खेल्न पाउँदैनन्। खेल खेल्नका लागि श्रम स्वीकृति लिनुपर्छ र वर्किङ भिसा अनिवार्य हुन्छ।

अध्यागमन विभागमा परेको उजुरीका आधारमा बिहीबार (चैत ५) मा निर्देशन जारी भएको थियो। चैत ५ बाट अध्यागमन विभागले निरीक्षण सुरु गर्ने र कानुनविपरीतका खेलाडी मैदानमा भेटिएको खण्डमा कारबाही हुने उल्लेख गरेको छ। यसअघि पनि एन्फालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस विषयउपर पत्र पठाइसकेको छ। राखेपमा पनि विदेशी खेलाडी श्रम स्वीकृतिबिना मैदानमा खेलिरहेको भन्दै उजुरी परेको थियो।

अध्यागमन विभागका प्रवक्ता ढकाल भन्छन्, ‘विदेशी नागरिक नेपाल आएर खेल खेल्ने भनेको यहाँ आएर काम गर्ने हो। खेलाडीमात्रै नभएर अन्य पेसाका नागरिक आएर काम गर्छन् भने श्रम स्वीकृत लिर्नेपर्छ। फिल्म सुटिङ गर्नका लागि नेपाल आउने विदेशी कलाकारले पनि वर्किङ भिसा वा अदर्स भिसा लिनुपर्ने हुन्छ। यो भिसामा नेपाल आउने विदेशी नागरिकले सहमतिअनुसार काम गरेर पारिश्रमिक लिएपछि नेपाल सरकारलाई कर तिर्नुपर्ने हुन्छ।

अहिले चलेका दुवै खेलमा विभिन्न क्लबहरूले पर्यटक भिसामा विदेशी खेलाडी ल्याएर वर्किङ भिसा नलिइकन, सम्झौता पनि नगरिकन खेलमा सहभागी गराएको उजुरी अध्यागमन विभागमा परेको थियो। क्लबहरूले खेलाडी ल्याएबापत ठूलो रकम खेलाडीलाई बुझाउने, उनीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने कर नबुझाउनेजस्ता गतिविधि गर्दै आएका छन्। अध्यागमन ऐनले भिसाको उद्देश्यविपरीत काम गर्न नपाइने व्यवस्था गरेको छ। काम गर्न आउनेले वर्किङ भिसा लिनैपर्छ।

अध्यागमन विभागका अनुसार, तीन महिनासम्म काम गर्न भिसा लिन चाहनेले अस्थायी वर्किङ भिसा लिन पाउनेछन्। तीन महिना बढी समयको लागि काम गर्न चाहनेलाई विभागले एक दिनमा नै वर्किङ भिसा उपलब्ध गराउँछ। यस्तो भिसा सुरुमा एक वर्षको लागि दिइनेछ। यसका लागि विदेशी नागरिकलाई काम लिने कम्पनीले कर क्लियरेन्स गरेको काजगात, सम्झौतापत्रलगायतका कागज आवश्यक पर्छ। सुरुमा पर्यटक भिसा लिएर आउने विदेशी नागरिकले यहाँ आएपछि वर्किङ भिसाको लागि प्रक्रिया अगाडि बढाउनुपर्छ।

अहिले भइरहेको खेलमा आएका विदेशी खेलाडीले कतिपयले श्रम स्वीकृति पनि लिएका छैनन्। भिसा पनि नलिएको। क्लबसँग सम्झौता गरेको कागजात पनि सार्वजनिक नगरेको भन्दै अध्यागमन विभागमा उजुरी परेको थियो। उनीहरूलाई सचेत गराउनको लागि र नेपालको अध्यागमन कानुनअनुसारको भिसा लिनु भन्नको लागी अध्यागमन विभागले सार्वजनिक सूचना जारी गरेको बताएको छ। विदेशी खेलाडीको भिसा समस्याकै कारण अहिले नेपालमा भइरहेको दुवै खेल स्थगित भइसकेको छ। एन्फाले खेलाडीहरूको वर्किङ भिसाको लागि मन्त्रालयमा प्रक्रिया अगाडि बढेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...