मुख्य समाचार
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित दीपककुमार साह (४९) सांसद पदको शपथ मैथिली भाषामा
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित दीपककुमार साह (४९) सांसद पदको शपथ मैथिली भाषामा

। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित दीपककुमार साह (४९) सांसद पदको शपथ मैथिली भाषामा लिँदैछन् ।

साह सहित २१ फागुनको चुनावबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनियताको शपथ चैत १२ गते हुँदैछ ।




मातृभाषामा शपथ लिनुको कारण खुलाउँदै साह भन्छन्, ‘आफ्नो जरो त समाउनुपर्‍यो । भाषा संरक्षण गर्दा संस्कृति संरक्षण हुने भयो । सदनमा मेरो मातृभाषा रेकर्डेड पनि हुने भयो ।’

कजेल पढ्ने बेलामा साह कविता लेख्थे । मैथिली भाषामा कवितासमेत लेख्ने गरेका उनी आफू सानैदेखि मातृभाषा संरक्षणको पक्षमा रहेको बताउँछन् ।




पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरीङ र प्राकृतिक श्रोत विकासमा स्नातकोत्तर गरेका उनी बहुलतामा विश्वास गर्ने बताउँछन् ।

नेपालको संविधानले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई राज्यको गौरव र पहिचानको रूपमा आत्मसात गरेको छ । सबै भाषा, धर्म र सांस्कृतिक पहिचानलाई समावेश गर्दै समावेशी समाजको निर्माणमा जोड दिएको छ । विविधतालाई नेपाली समाजको आत्मा र पहिचान ठान्ने सांसद् साह यसलाई अझ बलियो बनाउन नीतिगत व्यवस्थाका लागि थप पहल लिने बताउँछन् ।

साहजस्ता अरू सांसदहरू पनि छन् । जो मातृभाषामा शपथ लिँदैछन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इश्तियाक राई अवधि भाषामा शपथ लिँदैछन् ।

शपथ सम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जसले सांसदहरूलाई मातृ भाषामा शपथ लिने बाटो खुला गरिदिएको छ ।
राई तेस्रो पटक सांसद भएका हुन् । विगतमा पनि उनले अवधि भाषामै शपथ लिएका थिए ।

‘जति पटक सांसद भएँ, सबै पटक अवधि भाषामै शपथ लिएको छु । यसपटक पनि यही भाषामा शपथ लिन्छु’ उनले अनलाइनखबरसँग भने ।

राई २०६४ मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०७० र २०७९ को निर्वाचनमा भने पराजित ।

४६ वर्षीय राई पहिलो पटक सांसद बन्दा जम्मा २८ वर्षका थिए । ३१ वर्षमा त उनी श्रम तथा यातायात मन्त्री बनेका थिए ।

सानैदेखि भाषा र संस्कृतिको संरक्षणमा सक्रिय राई आफूलाई जनताले चुन्नुको एउटा महत्त्वपूर्ण कारण यसलाई समेत राख्दछन् ।

‘जुन हाम्रो बोलीचालीको भाषा छ । त्यसैसँग आत्मीयता हुन्छ । आत्मीयतालाई सदनमा पुर्‍याउने माध्यम यही हो’, उनी भन्छन्, ‘मातृभाषामा शपथ लिँदा पहिचान दिलाउँछ । म आफैँलाई गर्व महसुस हुन्छ र मतदाताले पनि अपनत्व लिन्छन् ।’

राईको नजरमा आफू जुन क्षेत्रबाट निर्वाचित भएको त्यो क्षेत्रलाई सदनमा पुर्‍याउने उपयुक्त माध्यम पनि मातृभाषाको प्रयोग हो ।

शपथ सम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जसले सांसदहरूलाई मातृ भाषामा शपथ लिने बाटो खुला गरिदिएको छ । शपथ सम्बन्धी ऐनको दफा ५ मा भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा लिनु वा गराउनु पर्नेछ ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन् ।
मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लेखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैँले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्ने ऐनको दफा ५ (२) मा उल्लेख छ ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रति र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारीलाई पेश गर्नु पर्ने व्यवस्था छ ।

संघीय संसद् सचिवालयका उपसचिव प्रदीप गुरागाईंका अनुसार शपथ ग्रहणअघि नै सांसदहरूलाई आफूले प्रयोग गर्ने भाषा उल्लेख गरेर फारम बुझाउन भनिएको छ । यसअनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूले इमेल र भौत्तिक रुपमा उपस्थित भएर त्यसबारे जानकारी गराएका छन् ।

नवनिर्वाचित सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । ३३ वर्षीय उज्ज्वलकुमार महोत्तरी ३ र ६७ वर्षीय मातृका धनुषा १ बाट निर्वाचित भएका हुन् । यो क्षेत्रका रास्वपाका उम्मेदवार खारेज सम्बन्धी विवाद अदालतमा विचाराधीन छ ।

कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन् । राना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेबाट निर्वाचित सांसद हुन् ।

सांसदद्वय गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषामा शपथ लिने भनेर नाम टिपाएका छन् । गीतालाई रास्वपा र प्रमिलालाई नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट निर्वाचित गरेको हो ।

त्यस्तै सांसदद्वय विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिँदैछन् । कुलभक्त एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद्मा निर्वाचित भएका हुन् । रास्वपा नेता विराजभक्त काठमाडौं–८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । विघटित प्रतिनिधिसभा सदस्य रहेका विराजभक्तले त्यतिबेला नेपाली भाषामै शपथ लिएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन् ।

अहिलेसम्म विभिन्न ९ भाषामा शपथ लिने भनेर सांसदहरूले नाम टिपाएका छन् । नाम टिपाउनेमध्ये २४ जनाले आफ्नै मातृभाषामा शपथ लिने बताएका छन् ।

सांसद दीपक साहका नजरमा मातृभाषामा शपथ लिनु भाषाको प्रयोग मात्र होइन, यो नेपाल बहुभाषिक राष्ट्र हो, सीमान्तकृत समुदाय संसदमा पुगेका छन्, संघीयता र समावेशी प्रतिनिधित्व संसद्मा छ भन्ने मातृभाषाको शपथले देखाउँदछ ।

यसरी शुरू भयो मातृभाषामा शपथ

मातृभाषामा शपथ एक भाषा एक भेष नीति भएको पञ्चायतकालमै शुरू भएको थियो । भाषिक अधिकारकर्मी मल्ल के. सुन्दरका अनुसार २०४३ सालमा राष्ट्रिय पञ्चायतमा पद्यमरत्न तुुलाधरले मातृभाषामा शपथ लिएका थिए ।

गणतन्त्रपछि नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिनेहरू अझ बढे । २०६४ को संविधानसभामा २६४ जनाले आआफ्ना मातृभाषामा शपथ लिएका थिए ।
सप्तरी-२ बाट निर्वाचित नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ सालमा हिन्दी भाषामा शपथ लिएका थिए ।

२०६३ को अन्तरिम संसद् सदस्य रहेका मल्ल के. सुन्दर त्यति बेला आफू सहित ५८ जनाले विभिन्न मातृभाषामा शपथ लिएको स्मरण गर्छन् ।

गणतन्त्रपछि नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिनेहरू अझ बढे । २०६४ को संविधानसभामा २६४ जनाले आआफ्ना मातृभाषामा शपथ लिएका थिए । उनीहरूले मैथिली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारू, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, उर्दु, राजवंशी, थकाली, शेर्पा, राना थारू, धिमाल, कुमाल, दार्चुला पश्चिमी भाषा, अवधी, माडवारी, जिरेल, चेपाङ, बाँतर, माझी, सुनुवार, बराम लगायतका भाषामा शपथ लिएका थिए ।

२०६४ को संविधानसभा निर्वाचनपछि उपराष्ट्रपति परमानन्द झाको हिन्दी भाषाको शपथ विवाद अदालतसम्म पुगेको थियो ।

संसद सचिवालयका अनुसार २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए ।

भाषिक अधिकारकर्मी सुन्दर भन्छन्, ‘नेपालको जुन भाषागत विविधता हो त्यो संसदको संरचनामा पनि प्रतिनिधित्व होस् भन्ने सन्देश शपथले दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको ...
। प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौं आएका थुइओनले आफ्नो सुटकेसभित्र ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो । आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् । शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् । केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए । उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल ...