मुख्य समाचार
बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी
बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी

। मध्यपूर्वमा जारी युद्धका बीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् ।

बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘साइरन सक्रिय गरिएको छ । नागरिकसँग शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।’

गृह मन्त्रालयले नागरिकहरूलाई आधिकारिक माध्यमबाट दिइने सूचनाको पालना गर्न पनि आग्रह गरेको छ ।

बीबीसीका अनुसार कुवेतको सेनाले सोमबार रातिदेखि मंगलबार बिहानसम्म ‘एक्स’ मा देशमा कयौंपल्ट मिसाइल र ड्रोन हमला भएको जानकारी दिएको छ ।

सेनाले ‘एक्स’ पोस्टका माध्यमबाट केही समयअघि भनेको छ, ‘कुवेती एयर डिफेन्स अहिले दुश्मनको मिसाइल र ड्रोन हमलाहरूको सामना गरिरहेको छ ।’

सेनाले नागरिकलाई सम्बन्धित अधिकारीहरूका तर्फबाट सुरक्षाका लागि जारी निर्देशनहरूको पालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ । वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले ...
: इजरायलमाथि इरानबाट नयाँ मिसाइल आक्रमण भएको इजरायली सेनाले जनाएको छ। सेनाले विज्ञप्ति जारी गर्दै इजरायलको भूभागतर्फ मिसाइल प्रहार भएको जनाएको हो। मिसाइल रोक्नका लागि वायु रक्षा प्रणाली सक्रिय रूपमा सञ्चालन भइरहेको इजरायली सेनाको दाबी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शत्रुता समाधान गर्न अमेरिका र इरान शान्ति वार्ता गरिरहेको दाबी गरेका थिए। ट्रम्पले अमेरिका र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष एक व्यक्तिसँग युद्ध रोकेर सम्झौता गर्न वार्ता भइरहेको दाबी गरेका छन् । सोमबार ट्रम्पले इरानसँग युद्ध रोक्न वार्ता भइरहेको दाबी गर्दै पाँचदिन इरानमा हमला नगर्ने बताएका थिए । ट्रम्पको सो दाबीलाई इरानी विदेशमन्त्री अब्बास अरागचीले खारेज गरेका थिए । ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको कुरा इन्कार गर्छौँ । ...
: न्यूयोर्कस्थित लाग्वार्डिया विमानस्थलको धावनमार्गमा आइतबार राति एयर क्यानडाको एउटा विमान र दमकल एकापसमा ठोक्किँदा विमानका पाइलट र को-पाइलटको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार यस दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। सिएनएनका अनुसार आइतबार राति करिब ११:४० बजे मन्ट्रियलबाट आएको 'ज्याज एभिएसन' (एयर क्यानडाको भगिनी संस्था) को उडान नम्बर ८६४६ धावनमार्गमा ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् । सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ । एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले भनेका छन्, ‘अमेरिकी सेनासँग मिलेर हामीले हासिल गरेको ठूलो सफलतालाई उपयोग गर्दै, सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर छ । यस्तो ...