मुख्य समाचार
प्रधानमन्त्रीको सुझाव- विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ
प्रधानमन्त्रीको सुझाव- विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ

: प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।


सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरेका थिए। उनले भने, 'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु।'


उनले थपे, 'यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो। विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ। यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ। तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ। हामी पनि सम्झिइरहनेछौँ। आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौं। तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ।'



प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन्। 'अहिले देश रोएको छ। तपाईँ युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,' प्रधानमन्त्री कार्कीले भनिन्, 'इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ।'

भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो। सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारेका थिए। 'सरकार भनेको सरकार नै हो। अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,' उनले भने, 'अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ। त्यसैले यो सरकारका कदममा साथ दिन्छौं र निर्णय पनि हामी शिरोपर गर्छौं।'

उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए। पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको ...
। प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौं आएका थुइओनले आफ्नो सुटकेसभित्र ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो । आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् । शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् । केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए । उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल ...