मुख्य समाचार
अध्यागमनले नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै आगमन र प्रस्थान कक्ष स्थापना गर्ने निर्णय
अध्यागमनले नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै आगमन र प्रस्थान कक्ष स्थापना गर्ने निर्णय

: नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनले छुट्टै डेस्कको व्यवस्था गर्ने निर्णय गरेको छ। अध्यागमनले नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै आगमन र प्रस्थान कक्ष स्थापना गर्ने निर्णय गरेको हो।


अध्यागमन विभागले विदेशी मूलका नेपालीहरूका लागि अब छुट्टै डेस्क स्थापना हुने जानकारी दिएको हो। नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा/संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन छुट्टै डेस्क स्थापना हुने निर्णय गरिएको अध्यागमनले जनाएको छ।


'नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले नेपाली मूलका विदेशी नागरिकहरूका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्था गर्नू,' निर्णयमा भनिएको छ।



नेपाली मूलका नागरिकहरूको छाता संगठन एसोसिएसन अफ नेपाली ओरिजन, नेपाली मूलका विदेशी नागरिकलगायतले अध्यागमनमा एनआरएनए र नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै अध्यागमन डेस्क स्थापना गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो। एएनओका अधिकारीहरूले केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर विदेशी मूलका नेपाली नागरिकका लागि अध्यागमनमा छुट्टै डेस्क स्थापना गर्न आग्रह गरेका थिए। सोही बमोजिम गृहमन्त्रीको निर्देशनमा अध्यागमन विभागले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौं आएका थुइओनले आफ्नो सुटकेसभित्र ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो । आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् । शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् । केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए । उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल ...
: संक्रमणकालीन न्याय टुंग्याउन गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ताा पारिएका व्यक्तिको छानबिन आयोग खारेज गर्न र पारदर्शी प्रक्रियाद्वारा नयाँ ढंगले गठन गर्न द्वन्द्व पीडितहरू ले दबाब दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीचको दलीय भागबन्डामा अपारदर्शी प्रक्रियाद्वारा आयोग सम्बद्ध व्यक्तिहरूलाई पदाधिकारी बनाइएको दाबी गर्दै द्वन्द्व पीडितहरू ले राजीनामा दिएर फिर्ता हुन दबाब ...