मुख्य समाचार
साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित
साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित

। माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुजन डंगोल र सुवास बमले एक-एक गोल गरे । भुटानका ढेन्डुप ग्याल्सेनले सान्त्वना गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा नै सुजनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२औं मिनेटमा सुवासले गोल गर्दै अग्रता दोब्बर पारे ।

भुटानका ढेन्डुपले ८३औं मिनेटमा गोल फर्काएपनि खेलमा फर्काउन भने सकेनन् । त्यसपछि कुनै गोल भएनन् र नेपाल विजयी भयो ।

नेपालले अब दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संकटा फुटबल क्लबले लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा परेको बताएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै हाल उत्पन्न भएको विषम परिस्थितिका कारण क्लबले सीमित स्रोत र साधनबाट गरेको ठूलो आर्थिक लगानी जोखिममा परेको जनाएको हो । यसले भविष्यमा फुटबल क्षेत्रमा लगानी गर्न इच्छुक अन्य संघरसंस्थाहरूलाई समेत निरुत्साहित पार्ने सम्भावना रहेको क्लबका अध्यक्ष ...
। रोनाल्ड अराउजोले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतमा शीर्षस्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रायो भालेकानोलाई हराएको छ । आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालेकानोलाई १-० ले हराएर शीर्षस्थानमा अग्रता अझै फराकिलो बनाएको हो । अराउजोले पहिलो हाफको २४औं मिनेटमा गोल गरेका थिए । जितसँगै बार्सिलोनाले २९ खेलबाट ७३ अंक जोडेको छ । दोस्रो स्थानको ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई अस्वीकार गर्दै चैत १३ गते निर्वाचन गर्ने उल्लेख गर्दै जवाफी पत्र पठाएको छ। राखेपले निर्वाचनका लागि स्वीकृति नभएको भन्दै स्थगित गर्न निर्देशन दिएपछि एन्फाले त्यसको जवाफमा पठाएको पत्रमार्फत आफ्नो अडान स्पष्ट पारेको हो। एन्फाले राखेपसँग आवश्यक समन्वय नगरी निर्वाचन तालिका सार्वजनिक गरेको भन्ने आरोप असत्य रहेको ...
। नेपाल फुटबल खेलाडी संघले खेलाडीलाई मैदानभित्र खेल्ने अवसरबाट वञ्चित नगर्न आग्रह गरेको छ। खेलाडीहरुको दबाबपछि लामो समयपछि घरेलु फुटबलअन्तर्गत राष्ट्रिय लिग सञ्चालनमा आएको भए पनि पछिल्लो घटनाक्रमले फेरि अनिश्चितता सिर्जना गरेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ। डिभिजन लिगको माग यथावत रहँदै चैत ३० गतेदेखि ए डिभिजन लिग सुरु गर्ने तथा अन्य डिभिजन लिग यथाशीघ्र सञ्चालन ...
। नटिङहम फरेस्टसँग घरेलु मैदानमा हार बेहोरेपछि टोटनहम हटस्पर रेलिगेसनमा पर्ने खतरा बढेको छ । आइतबार बेलुका भएको खेलमा टोटनहमलाई उसैको मैदानमा नटिङहम फरेस्टले ३-० ले पराजित गर्‍यो । हारपछि टोटनहम ३१ खेलबाट ३० अंक जोडेर १७औं स्थानमा झरेको छ । टोटनहम रेलिगेसन क्षेत्रबाट १ अंक मात्र माथि छ । वेस्ट ह्‍याम ३१ खेलमा २९ अंकका साथ ...