मुख्य समाचार
सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ
सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका हुन् ।




गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो । धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

प्रहरीले जैसीलाई पक्राउ गरेको छ भने अन्य ४ जनालाई पक्राउ पुर्जी जारी भएको जनाएको छ । २०८१ साल पुस महिनामा प्रारम्भिक छानबिन गरी १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदन रजिस्ट्रारको कार्यालयमा पेश भएको थियो ।




रजिस्ट्रार कार्यालयले पटक पटक निर्देशन गरी कारबाही प्रक्रिया बढाउँदासमेत ६ करोड रुपैयाँ मात्र असुल १२ करोड ५६ लाख अझै पनि शोधभर्ना नदिएको कारणबाट प्रहरी अनुसन्धानका लागि १२ महिना ८ गते अनुसन्धानका लागि लेखिपठाएको थियो ।

साविक साइनो र धनुष मर्ज भएर धनुष बचत तथा ऋण सहकारी संस्था बनेको थियो । साविकको पोखरा–९ र अन्नपूर्ण गाउँपालिकाको नौडाँडाँमा रहेको यी सहकारी मर्ज भएर नयाँ ब्यवस्थापन समिति बनेको थियो ।

उक्त सहकारीको रकम हिनामिनामा साविक साइनोतर्फका सञ्चालक समितिका पदाधिकारी अध्यक्ष गमरेजसिंह गुरुङ र श्रीमती सञ्चालक काशीमाया गुरुङ, उनीहरूका छोरी सिर्जना गुरुङ र एभिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक तथा तदर्थ समितिका अध्यक्ष असिम बरालको मुख्य योजनामा ३ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

धनुष सहकारीतर्फ व्यवस्थापकद्वय विराज सुवेदीको २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ । यसैगरी रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी गठी प्रकरणमा जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी सहकारीको ऋण उपसमितिको पदाधिकारीमा प्रवेश गरी कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनले जनाएको छ ।

मुख्यगरी हिनामिनाका योजनाकारका रुपमा उनीहरूलाई लिइएको छ भने अन्य सञ्चालक तथा पदाधिकारीलाई पनि अनुसन्धान अगाडि बढाउन प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पत्र जाहेरीमार्फत सिफारिस गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जैसीसमेतले दिएको जाहेरीका आधारमा रवि लामिछाने पहिलो पटक पक्राउ परेका थिए । पहिलो चरणमा जिवी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेर अदालतमा मुद्दा दायर भएको पुरक प्रतिवेदनका आधारमा दोस्रोचरणमा रविसहित ५१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा लगाइएको थियो । रविसहित ५१ जनालाई विपक्षी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड बिगो माग दाबी गरिएको थियो । त्यही मुद्दामा रवि पक्राउ परी ८४ दिनपछि ६५ लाख धरौटीमा छुटेका थिए ।

कृष्णप्रसाद पोखरामा सूर्यदर्शन सहकारी पीडितका तर्फबाट आन्दोलनको नेतृत्वकर्तामध्ये थिए । फागुन २१ गतेअघि चुनावी अभियानकै क्रममा रविले सूर्यदर्शनको सहकारीबाट आफूहरूको पैसा खाइदिएकाले बच्चाको शुल्क तिर्न नसकेको भन्दै रास्वपा उम्मेदवार बिना गुरुङलाई विद्यालयको बिल दिएर चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रशारण गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षका अशोक लामालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो । साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लामाविरुद्ध विद्युतीय कारोबार ऐन ०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ ...
। हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्बाह गर्ने गृहमन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन् । मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदिपजंग केसी, ...
। नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार ...
। हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् । ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिशा बिक र रेस्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर’ जस्ता नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् । सुर्खेतकी इनिशा बिकको बलात्कारपछि ...