मुख्य समाचार
के-पप ब्यान्ड बीटीएसले विश्वव्यापी ७९ वटा कार्यक्रम समेटिएको ‘वर्ल्ड टूर’ घोषणा
के-पप ब्यान्ड बीटीएसले विश्वव्यापी ७९ वटा कार्यक्रम समेटिएको ‘वर्ल्ड टूर’ घोषणा

। के-पप ब्यान्ड बीटीएसले विश्वव्यापी ७९ वटा कार्यक्रम समेटिएको ‘वर्ल्ड टूर’ घोषणा गरेको छ । नयाँ एल्बम ‘अरिराङ’ सार्वजनिक गर्दै ब्यान्ड करिब चार वर्षपछि दर्शकमाझ फर्किएको हो ।

लन्डन, टोकियो, म्युनिख, सिड्नी र लस एन्जलसजस्ता शहरमा कार्यक्रम तय भएकाले यो टुर वर्षकै सबैभन्दा ठूलोमध्ये एक हुने अनुमान गरिएको छ । सन् २०१९ यता अमेरिकाबाहिर र दक्षिण कोरियाबाहिर ब्यान्डले प्रस्तुति दिएको छैन ।

यसअघि उनीहरूको टुरले के-पपका लागि नयाँ कीर्तिमान बनाएको थियो । विश्वव्यापी रूपमा करिब २४६ मिलियन डलर आम्दानी गर्दै उनीहरूले ठूलो सफलता हासिल गरेका थिए । त्यही क्रममा बीटीएस वेम्ब्ली स्टेडियममा मुख्य प्रस्तुति दिने पहिलो कोरियन समूहसमेत बनेको थियो ।

नयाँ टुर अप्रिल ९, २०२६ देखि दक्षिण कोरियाको गोयाङ स्टेडियममा लगातार तीन रातको प्रस्तुति गर्दै सुरु हुनेछ । त्यसपछि समूह एसिया, युरोप र अमेरिकाभर कार्यक्रम गर्दै विश्व भ्रमणमा निस्किनेछ ।

यो टुरमा बीटीएसले ३६० डिग्री ‘इन-द-राउन्ड’ स्टेजमा प्रस्तुति दिनेछन्, जसले प्रत्येक स्थलमा अझ बढी दर्शकका लागि सिट उपलब्ध गराउने व्यवस्था मिलाउनेछ । लन्डनमा भने टोलीले जुलाई ६ र ७ मा टोटेनहम हटस्पर स्टेडियममा दुई रात कार्यक्रम गर्नेछ । युरोपियन चरणअन्तर्गत पेरिस, म्याड्रिड, ब्रसेल्स र म्युनिखमा पनि कार्यक्रम तय गरिएको छ ।

ब्यान्डको वेबसाइटमा सार्वजनिक सन्देशअनुसार सन् २०२७ का लागि जापान, मध्यपूर्व लगायत अन्य स्थानहरूमा थप कार्यक्रमहरू घोषणा गरिनेछ । टिकट बिक्री जनवरी २२ देखि फ्यानहरूका लागि खुला हुनेछ भने दुई दिनपछि सर्वसाधारणका लागि पनि उपलब्ध हुनेछ ।

बिलबोर्डका अनुसार ब्यान्ड र उनीहरूको रेकर्ड लेबल बिगहिट/हाइबले यस पुनरागमनबाट एक अर्ब डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ । यो आम्दानी कन्सर्ट, मर्चेन्डाइज, लाइसेन्सिङ, एल्बम बिक्री र स्ट्रिमिङबाट आउनेछ । सन् २०२४ मा ब्यान्डको विश्राम अवधिमा हाइबको सञ्चालन नाफा झण्डै ३७.५ प्रतिशतले घटेको थियो, जसको एउटा कारण “बीटीएसको अस्थायी विश्राम” रहेको कम्पनीले जनाएको छ ।

सन् २०१० को सुरुवाततिर गठन भएको बीटीएसले पश्चिमी मुख्यधारका दर्शकमाझ के-पपलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । उनीहरूको ऊर्जाशील डान्स पप र हिपहपको मिश्रणसँगै गहिरो भावनात्मक शब्दले विश्वभरका श्रोतामाझ प्रभाव जमाएको थियो ।

गत वर्ष जुनमा र्‍यापर तथा गीतकार सुगाले १८ महिनाको अनिवार्य सैनिक सेवा पूरा गरेपछि ब्यान्डको पुनरागमनप्रति उत्साह झन् बढेको हो । सुगा समूहका अन्तिम सदस्य थिए जो नागरिक जीवनमा फर्किएका हुन् । उनीभन्दा अघि जिन, जे-होप, भि, आरएम, जंग कुक र जिमिनले आफ्नो सेवा पूरा गरिसकेका थिए ।

ब्यान्डले गत जुलाईमा फ्यान प्लेटफर्म वेभर्समार्फत लाइभ प्रसारण गर्दै पुनरागमनको योजना सार्वजनिक गर्दा सात मिलियनभन्दा बढी दर्शकले एकैपटक हेरेका थिए । यी तथ्यांकले यसपटक कन्सर्ट टिकटका लागि ठूलो प्रतिस्पर्धा हुने संकेत गर्छ, जुन अवस्था सन् २०२२ मा टेलर स्विफ्टको ‘एरास टुर’ र २०२४ मा ओएसिसको पुनर्मिलन टुरका बेला देखिएको जस्तै हुन सक्छ ।

धेरै बीटीएस फ्यानका लागि यो करिब सात वर्षपछि पहिलो पटक उनीहरूलाई लाइभ हेर्ने अवसर हुनेछ । यस अवधिमा समूहले ‘डाइनामाइट’ गीतमार्फत अमेरिकामा आफ्नो पहिलो नम्बर–वन हिट हासिल गर्‍यो, जुन बेलायतमा पनि टप–१० मा पुग्ने उनीहरूको पहिलो गीत बन्यो ।

त्यसपछि माइकल ज्याक्सनबाट प्रेरित ‘बटर’ जस्तो डिस्को–फंक शैलीको गीत र कोल्डप्लेसँगको सहकार्य ‘माइ युनिभर्स’ पनि निकै सफल बने । तर सन् २०२० का लागि तय गरिएको वल्र्ड टुर कोभिड–१९ महामारीका कारण रद्द गर्नुपरेको थियो । पछि लाइभ कार्यक्रमहरू खुल्दा पनि उनीहरूले केही सीमित कार्यक्रम मात्र गर्न पाए, त्यसपछि सैनिक सेवामा जानु पर्‍यो ।

विश्राम अवधिमा उनीहरूको स्ट्रिमिङ संख्या केही घटे पनि विभिन्न एकल प्रोजेक्टहरूले कट्टर फ्यानलाई जोडिराख्न सफल भए । नयाँ वर्षको दिन सामाजिक सञ्जालका सबै प्रोफाइल खाली गर्दै नयाँ एल्बमको रिलिज मिति सार्वजनिक गर्दा जानकारी लिन एकैचोटि धेरै फ्यान वेभर्समा पुगेपछि प्लेटफर्म नै केही समयका लागि डाउन भएको थियो ।

बीटीएस वर्ल्ड टुर २०२६-२०२७ को कार्यक्रम तालिका

२०२६ ;

अप्रिल ९, ११–१२ : गोयाङ, दक्षिण कोरिया
अप्रिल १७–१८ : टोकियो, जापान
अप्रिल २५–२६ : टाम्पा, अमेरिका
मे २–३ : एल पासो, अमेरिका
मे ७, ९–१० : मेक्सिको सिटी, मेक्सिको
मे १६–१७ : स्ट्यानफोर्ड, अमेरिका
मे २३–२४, २७ : लस भेगास, अमेरिका

जुन १२–१३ : बुसान, दक्षिण कोरिया
जुन २६–२७ : म्याड्रिड, स्पेन

जुलाई १–२ : ब्रसेल्स, बेल्जियम
जुलाई ६–७ : लन्डन, बेलायत
जुलाई ११–१२ : म्युनिख, जर्मनी
जुलाई १७–१८ : पेरिस, फ्रान्स

अगस्ट १–२ : इस्ट रदरफोर्ड, अमेरिका
अगस्ट ५–६ : फक्सबरो, अमेरिका
अगस्ट १०–११ : बाल्टिमोर, अमेरिका
अगस्ट १५–१६ : आर्लिङ्टन, अमेरिका
अगस्ट २२–२३ : टोरन्टो, क्यानडा
अगस्ट २७–२८ : शिकागो, अमेरिका

सेप्टेम्बर १–२, ५–६ : लस एन्जलस, अमेरिका

अक्टोबर २–३ : बोगोटा, कोलम्बिया
अक्टोबर ९–१० : लिमा, पेरु
अक्टोबर १६–१७ : सान्टियागो, चिली
अक्टोबर २३–२४ : ब्यूनस आयर्स, अर्जेन्टिना
अक्टोबर २८, ३०–३१ : साओ पाउलो, ब्राजिल

नोभेम्बर १९, २१–२२ : काओसियुङ, ताइवान

डिसेम्बर ३, ५–६ : बैंकक, थाइल्याण्ड
डिसेम्बर १२–१३ : कुआलालम्पुर, मलेसिया
डिसेम्बर १७, १९–२०, २२ : सिंगापुर
डिसेम्बर २६–२७ : जकार्ता, इन्डोनेसिया

२०२७

फेब्रुअरी १२–१३ : मेलबर्न, अस्ट्रेलिया
फेब्रुअरी २०–२१ : सिड्नी, अस्ट्रेलिया

मार्च ४, ६–७ : हङकङ
मार्च १३–१४ : मनिला, फिलिपिन्स

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम