। रौतहटको चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुजरा नगरपालिका-१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरी रहेकी छन् ।
धारामा जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुर अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।