मुख्य समाचार
इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार
इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार

। इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ।

अमेरिका-इजरायल र इरान युद्धको २४ औँ दिनको दिन आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित कैयौँ सहरहरूमा क्लस्टर बम प्रहार गरेको हो ।

यस आक्रमणमा करिब १५ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। धेरै घर र सडकहरूमा पनि क्षति पुगेको छ।

लगत्तै, इजरायलले पनि सोमबार इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरेको छ।

यसैबीच, अमेरिकाका लागि इजरायली राजदूत येचिएल लिटरले इरानलाई ‘घुँडा नटेकाएसम्म’ इजरायलले आफ्नो सैन्य कारबाही जारी राख्ने बताएका छन्। उनले भने, ‘इजरायल अब आफूमाथि लगातार आक्रमण गरिरहेको देशसँग सँगै रहन सक्दैन।’

अर्कोतर्फ इरानी राष्ट्रपति मसुद पेजेस्कियनले कुनै पनि आक्रमणको जवाफ मैदानमै दिइने बताएका छन्। उनले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाइयो भने होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएको छ । यस्तो भएमा विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्नेछ।

यसैबीच, एक्सियोस न्युजमा प्रकाशित एक समाचारका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली इरानसँग युद्धविरामको विषयमा कुरा गर्न चाहन्छ। यस काममा ट्रम्पका सल्लाहकार जारेड कुस्नर र स्टिभ विटकफ पनि लागिपरेका छन्।

यद्यपि इरानले वार्ताका लागि पहिले युद्ध रोक्नुपर्ने र उसलाई भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्त राखेको छ। भविष्यमा आफूमाथि फेरि आक्रमण नहुने पक्का ग्यारेन्टी मिल्नुपर्ने इरानको भनाइ छ।

अर्कोतर्फ, ट्रम्पले अहिले नै इरानका सबै सर्तहरू मान्न तयार नभएको स्पष्ट पारेका छन्, विशेषगरी क्षतिपूर्तिको मागप्रति ट्रम्पको असहमति रहेको छ। अमेरिका र इरानबीच अहिले प्रत्यक्ष वार्ता भइरहेको छैन। तर इजिप्ट, कतार र बेलायत जस्ता देशहरूले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।

अमेरिका इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम केही समयका लागि बन्द गरोस्, युरेनियम प्रवर्धन रोकोस् र आफ्ना आणविक केन्द्रहरूलाई पनि बन्द गरोस् भन्ने चाहन्छ । यसबाहेक, इरानले हिजबुल्लाह र हमासलाई पैसा दिन पनि बन्द गरोस् भन्ने पनि ट्रम्पको शर्त छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम