मुख्य समाचार
ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु
ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु

। ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा आज इँटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो ।

पर्खाल भत्किएर गम्भीर घाइते खड्काको ठैंबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।

उक्त घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा रुकुम घर भई सोही इँटाभट्टामा काम गर्ने २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् ।

गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक चन्दले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार ...
। हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् । ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिशा बिक र रेस्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर’ जस्ता नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् । सुर्खेतकी इनिशा बिकको बलात्कारपछि ...
संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ ।
। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी गरेका छन् । सोमबार एक पत्रकार सम्मेलनमा भन्दा पनि लाजमर्दो कुरा भन्दै अध्यक्ष केसीले विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको दाबी गरेका हुन् । ‘कतिसम्म लाजमर्दो भने विदेशमा जहाँजहाँ जागिर खान गएका छन्, पढ्न गएका ...
। मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका छन् । धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा बा.७२ प ६९४८ नम्बरको मोटरसाइकल ...