मुख्य समाचार
केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ
केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ

। केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा न–७ का ३७ वर्ष अन्जनी कुशवाहालाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट कुशवाह फरार भएका थिए ।




कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कुशवाहा कारागारबाट भागेर आफ्नै घरमा लुकिछिपी बसेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुशवाहालाई सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अगाडि बढाइएको एसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्बाह गर्ने गृहमन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन् । मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदिपजंग केसी, ...
। नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार ...
। हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् । ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिशा बिक र रेस्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर’ जस्ता नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् । सुर्खेतकी इनिशा बिकको बलात्कारपछि ...
संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ ।
। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी गरेका छन् । सोमबार एक पत्रकार सम्मेलनमा भन्दा पनि लाजमर्दो कुरा भन्दै अध्यक्ष केसीले विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको दाबी गरेका हुन् । ‘कतिसम्म लाजमर्दो भने विदेशमा जहाँजहाँ जागिर खान गएका छन्, पढ्न गएका ...