मुख्य समाचार
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग

। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सो माग गरेका हुन् ।

‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ,’ पौडेलले लेखेका छन्, ‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु ।’ ८ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो । सोही दिन आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले अनलाइनखबरसँगको कुराकानीमा यो प्रतिवेदनले विगतका मल्लिक र रायमाझी आयोगको नियति नभोग्ने बताएका थिए ।

१ चैतमा बसेको मन्त्रिपरिषद बैठकले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिवेदन भोलि आउँछ’ भने पनि हालसम्म सार्वजनिक गरिएको छैन । जेनजी आन्दोलन अगुवा र जवाफदेही निगरानी समूहले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

‘गुपचुप राखिनु विडम्बना’

प्रतिवेदन सार्वजनिक गर्न माग उठ्दै आए पनि सार्वजनिक नहुने विडम्बना भएको कांग्रेस महामन्त्री पौडेलको भनाइ छ । अन्तरिम सरकारको समय सकिएको र जाने बेलासमेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट विमुख भइरहेको बताउँदै पौडेलले भनेका छन्, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुबै हो । यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’

महामन्त्री पौडेलले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले सार्वजनिक नगर्दा अनेक आशंका जन्माएको पनि उल्लेख गरेका छन् । ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्दै सुझाव माग गरेका छन् । सामाजिक सञ्जालमार्फत भट्टराईले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको उल्लेख गरेका छन् । ‘नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ । समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्छ,’ भट्टराईले ...
। सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा ...
। काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
। बागलुङमा आर्थिक गणनाका लागि ३६ जना कर्मचारी परिचालन गरिने भएको छ । २ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि तयारी थलिएको छ । बागलुङमा आर्थिक गणना कार्यालय स्थापना गरेर तयारी थालिएको छ । बागलुङ नगरपालिका–२ स्थित तथ्याङ्क समन्वय कार्यालयको भवनमा कार्यालय राखिएको हो । आर्थिक गणनाका लागि बागलुङ जिल्लामा ३१ गणक र ५ ...
। वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्ष (आव) मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल् यस्तो दाबी गरेका हुन् । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पारे । हिउँदे वर्षातले ...