मुख्य समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम शर्माले अर्थ मन्त्रालयको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम शर्माले अर्थ मन्त्रालयको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त

। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम शर्माले अर्थ मन्त्रालयको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेकी छिन् । पाँच महिने कार्यकालमा अनुभव साट्दै स्वास्थ्य मन्त्रालयबाट बिदा हुने क्रममा आयोजित धन्यवाद कार्यक्रममा मन्त्री शर्माले अर्थ मन्त्रालयको असहयोगका कारण देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको आरोप लगाएकी हुन् ।

मन्त्रालयका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई सम्बोधन गर्दै डा. शर्माले अस्पतालहरूको न्यूनतम आवश्यकता पूरा गर्न र सेवा जारी राख्न मन्त्रालयले सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले एक अर्ब मात्र उपलब्ध गराएको बताइन् ।

निर्वाचनपछि बाँकी रकम दिने वचन दिएर पनि अर्थ मन्त्रालय अन्यत्र व्यस्त भएको उनको आरोप छ । ‘कात्तिक महिनासम्मको हिसाब निकालिसकेर सात अर्ब मागेकोमा जम्मा एक अर्ब मात्रै पायौँ,’ उनले भनिन्, ‘ अस्पतालका समस्याबाट विमुख भएर अर्थ मन्त्रालय अहिले ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अर्थको यस्तो व्यवहार बुझिनसक्नु छ ।’

मन्त्री शर्माका अनुसार स्वास्थ्य बीमा क्षेत्रमा झन्डै एक दशकदेखि थुप्रिएका विकृतिहरूको पहिचान गरी सुधारका कार्य अगाडि बढाइएको छ । जसबाट आगामी दिनमा केही अर्ब रकम बचत हुने उनको भनाई छ ।

बीमाको आर्थिक संकट केही हदसम्म कम गर्न स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखाका कार्यक्रम कटौती गरेर ७५ करोड रुपियाँ बीमालाई उपलब्ध गराइएको उनले जानकारी दिइन् ।

खरिद प्रक्रियामा पारदर्शिता ल्याउन र औषधि व्यवस्था विभागको स्तरवृद्धि, राष्ट्रिय औषधि प्रयोगशालाको नयाँ भवन निर्माण, र मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार पारिएको उनले बताइन् ।

मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य, र उच्च जोखिमका प्रदेशमा मातृ तथा शिशु स्वास्थ्यलाई क्लिनिकल प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ ।

विदाइ सम्बोधनमा मन्त्री शर्माले अब आउने नेतृत्वका लागि पाँचबुँदे सुझाव समेत दिइन् । निर्णयमा ढिलाइ कम गर्ने, प्रक्रिया सरल बनाउने, गतिविधिभन्दा परिणाममा ध्यान दिने, जवाफदेहिता सुदृढ गर्ने जस्ता काम गर्नुपर्ने उनको भनाइ छ ।

सात प्रदेश भ्रमण गरेर प्रगति अवलोकन गरेको र आफ्नो कार्यकालको विस्तृत प्रतिवेदन नयाँ सरकारलाई सुझावसहित बुझाउने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन पनि गरे । ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो ...
। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर ...
। गृह मन्त्रालयले नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने भएको छ । अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै छुट्टै डेस्क राख्न निर्देशन दिएको हो । अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन । ‘विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका गैरआवासीय ...
। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक ...
। पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, सशस्त्र ...