मुख्य समाचार
तेल लिएर फर्कंदै गरेका पानीजहाज क्याप्टेन अमृत झा इरानी सेनाको नियन्त्रणमा
तेल लिएर फर्कंदै गरेका पानीजहाज क्याप्टेन अमृत झा इरानी सेनाको नियन्त्रणमा

। उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा छन् ।

इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।

उनका दाइ पर्ने सुनिल ठाकुरका अनुसार इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको केही दिनपछि पक्राउ परेकोबारे घरपरिवारलाई जानकारी गराएका थिए ।

२/३ दिन अगाडि नयाँ नम्बरबाट ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाएका थिए । जसमा उनले ‘म लगायत २ जना भारतीयलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लियो, उद्धारका लागि नेपाल सरकारसँग पहल गरिदिनुहोला,’ भनेका थिए । त्यसपछि भ्वाइस म्यासेज आएको नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

इरानी सेनाले नियन्त्रणमा लिएको छ भनेर ह्वाट्सएपमा भ्वाइस मेसेज पठाएपछि उनकी दिदी पूजा झाले कन्सुलर सेवा विभागमा भाइको उद्धारका लागि निवेदन दिएकी थिइन् ।

अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए । पछिल्लो पटक १२ जनवरीमा अमृतले घरमा फोन गरेका थिए । त्यो बेला उनले इरानमा रहेको जानकारी गराएका थिए । इरानमा काम सकिन लागेको र नेपाल आउने भनेका थिए ।

‘घरमा मजाले सम्पर्क भइराखेको थियो, यो काम सकेपछि नेपाल आउने भन्ने कुराहरू भइराखेको थियो,’ दाइ सुनिलले भने, ‘त्यही बेला फर्किने क्रममा पक्राउ पर्‍यो ।’

निवेदन प्राप्त भएपछि झाको अवस्थाबारे बुझ्न कतारको दोहास्थित नेपाली दूतावासलाई बुझ्न लगाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अहिले ‘कन्सुलर एक्सेस’ का लागि पहल भइरहेको बताए । ‘परिवारका तर्फबाट निवेदन प्राप्त भएर निवेदनमाथि हामीले कारबाही सुरु गरिसकेका छौं,’ क्षेत्रीले भने, ‘कन्सुलर एक्सेसका लागि पहल भइरहेको छ, हामीले नेपाली दूतावास दोहामार्फत पहल गरेका छौं ।’

दूतावास, मन्त्रालय र इरानमा रहेका कन्सुलेट मार्फत समेत बुझ्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

उनीसम्म पुगेर उनी कस्तो अवस्थामा छन् भन्ने विषयमा बुझ्ने काम भइरहेको र यसलाई उच्च प्राथमिकता दिइएको परराष्ट्रले जनाएको छ । तर, युद्धका कारण सहजै जान सकिने अवस्था छैन ।

इरानमा रहेको नेपाली कन्सुलेटले अहिले टर्कीमा गएर त्यहीँबाट काम गर्दै आएको छ । जसले गर्दा दोहास्थित नेपाली दूतावास र कन्सुलेट मार्फत समेत बुझ्ने काम भइरहेको मन्त्रालयले जनाएको हो ।

उनी इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेपछि उनको घरपरिवार यतिबेला उदयपुरबाट काठमाडौं आएको छ । घरमा उनका बुबा मुटुका बिरामी छन् । बुबालाई छोराको बारेमा केही जानकारी दिइएको छैन ।

उनको सुरक्षित रिहाइका लागि उदयपुरको त्रियुगा नगरपालिकाले समेत अनुरोध गरेको छ । नगरपालिकाले परराष्ट्र मन्त्रालयलाई एक पत्र लेख्दै उनको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेको छ ।

इरानमा हाल १० जना नेपाली छन् । यसअघि ६ जना रहेकोमा थप ४ जना पनि सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सबैजना सुरक्षित रहेको र उनीहरूलाई भारतीय दूतावास मार्फत भारतीय नागरिकको उद्धार गर्न आउने जहाजमा फिर्ता हुनका लागि नाम दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायल–अमेरिका तथा इरानबीच २२ दिनदेखि जारी युद्धका कारण मध्यपूर्वी देशहरूको अवस्था गम्भीर बनिरहेको छ । इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य बेसक्याम्पसलाई निसाना बनाएर मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । जसले गर्दा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...