मुख्य समाचार
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३-२ ले हराए
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३-२ ले हराए

। स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३-२ ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गर्दा फेडेरिको भालभर्डेले एक गोल गरे ।

एट्लेटिकोका लागि एडेमोला लूकमन र नाहुल मोलिनाले एक-एक गोल गरे ।

पहिलो हाफको ३३औं मिनेटमा लूकमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा रियल खेलमा फर्कियो। भिनिसियसले ५२औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे ।

५५औं मिनेटमा भालभर्डेले गोल गर्दै रियललाई २–१ ले अघि बढाए। तर ६६औं मिनेटमा मोलिनाको शानदार गोलसँगै एट्लेटिको खेलमा फर्कियो।

७२औं मिनेटमा भिनिसियसले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–२ को जित दिलाए।

खेलको ७७औं मिनेटमा भालभर्डेले रातो कार्ड पाएपछि रियल दबाबमा परेको थियो। त्यसपछि पनि एट्लेटिकोले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन।

जितसँगै रियलले सन् २०२२ पछि पहिलोपटक लालिगामा एट्लेटिकोविरुद्ध जित दर्ता गरेको छ।

यस जितपछि दोस्रो स्थानको रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंकदूरी ४ मा झारेको छ । बार्सिलोनाले गएराति रायो भालेकानोलाई हराएर अग्रता फराकिलो बनाएको थियो ।

शीर्षस्थानको बार्सिलोनाको २९ खेलमा ७३ अंक छ भने रियलको २९ खेलबाट ६९ अंक छ । एट्लेटिको २९ खेलबाट ५७ अंकसहित चौथोमै यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम