मुख्य समाचार
नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा
नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ ।

एन्फाले सोमबार बिहान विज्ञप्ति जारी गर्दै खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ ।

एन्फाले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै राखेपले दशरथ रंगशाला उपलब्ध नगराएको भन्दै नेपाल र हङकङ बीचको खेल रद्द भएको जनाएको थियो ।

साथै नेपालले हङकङ फुटबल संघलाई पठाएको पत्रमा नेपालका राजनीतिक तनावका कारण खेल रद्द भएको जानकारी गराएको थियो । तर, आइतबार साँझ नै राखेपले एन्फाको विज्ञप्तिको खण्डन गर्दै समयमै दशरथ रंगशालाको स्वीकृति दिएको र एन्फाले भ्रम फैलाएको जनाएको थियो । त्यसको भोलिपल्ट एन्फाले पेरि विज्ञप्ति निकाल्दै राखेपकै पत्रको खण्डन गरेको छ ।

एन्फाका अनुसार खेल सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराउन भन्दै माघ १० गते नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरिएको थियो । सो पत्र माघ ११ गते दर्ता भए पनि लामो समयसम्म कुनै लिखित स्वीकृति प्राप्त हुन नसकेको जनाएको छ ।

एन्फाले पटक-पटक राखेपका सम्बन्धित अधिकारीसँग ताकेता गर्दा पनि स्पष्ट जवाफ नपाएको दाबी गरेको छ । चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ ।

संघका अनुसार दशरथ रंगशालाको मर्मत सम्भार, फ्लडलाइट इन्धन, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण आर्थिक तथा प्राविधिक दायित्व आफैंले बहन गर्दै आएको अवस्थामा पनि समयमै स्वीकृति नपाउनु दुःखद् भएको उल्लेख गरिएको छ ।

एन्फाले खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति आश्चर्य व्यक्त गरेको छ । चैत ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपको नियतमाथि प्रश्न उठाएको छ ।

एन्फाले हालसम्म कुनै पनि आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको स्पष्ट पारेको छ । साथै, प्रशासनिक ढिलाइका कारण उत्पन्न परिस्थितिप्रति सम्पूर्ण खेलप्रेमी नेपालीहरूसँग क्षमायाचना गरेको छ ।

एन्फाले यही चैत १३ गते झापामा तय गरेको अर्ली इलेक्सनका लागि राखेपले स्वीकृति नदिएपछि पछिल्लो समयमा खेलकुदको कार्यकारी निका राखेप र देशकै ठूलो खेलसंघ एन्फाबीचको टकराव बढेको छ ।

आइतबार दुई संस्थाबीच सुरु भएको टकरावले सोमबार पनि निरन्तरता पाएको छ । फुटबल मैदानमा दुई टिम विपक्षीको पोष्टमा गोल हान्न प्रयास गरेजस्तै अहिले मैदान बाहिर राखेप भर्सेस एन्फा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम