मुख्य समाचार
पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ दर्शकबिना खेलाइने
पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ दर्शकबिना खेलाइने

। पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ दर्शकबिना खेलाइने भएको छ । पश्चिम एशियामा जारी संकटका कारण प्रतियोगिता अब केवल लाहोर र कराँचीमा मात्रै खेलाइनेछ।

पहिले ६ सहरमा हुने तय भए पनि सुरक्षा र इन्धन संकटका कारण स्थान घटाइएको हो। लाहोरमा हुने उद्घाटन समारोह पनि रद्द गरिएको छ ।


पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले अवस्था सुधारिएमा प्रतियोगिताको अन्तिम चरणमा दर्शकलाई अनुमति दिन सकिने बताएका छन्। उनले संकट कहिलेसम्म रहन्छ भन्ने अनिश्चित रहेको बताए।

संकटका कारण तेल आपूर्तिमा समस्या भएको छ, विशेष गरी होर्मुज जलडमरूमध्यमा अवरोध भएपछि। यसले पाकिस्तानमा इन्धन अभाव बढाएको छ। सरकारले नागरिकलाई आवतजावत कम गर्न आग्रह गर्दै विद्यालय बन्द, ‘वर्क फ्रम होम’ र बिदा बढाउने निर्णय गरेको छ।

यस्तो अवस्थामा दर्शकसहित खेल गराउनु उपयुक्त नहुने भन्दै पीसीबीले बिना दर्शक प्रतियोगिता गर्ने निर्णय गरेको हो।

पीसीबीले टिकट किनेका दर्शकलाई पैसा फिर्ता गर्ने र फ्रेन्चाइज टिमलाई हुने नोक्सानी क्षतिपूर्ति दिने जनाएको छ। साथै, यस वर्ष खेल हुन नसकेका सहरहरूमा अर्को वर्ष प्रतियोगिता विस्तार गरिने आश्वासन पनि दिइएको छ।

पीएसएलमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले पनि इस्लामाबाद युनाइटेडबाट खेल्दै छन् ।

-क्रिकइन्फोबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम