मुख्य समाचार
युनिट सुरक्षामा ध्यान नदिएको भन्दै सशस्त्र प्रहरीले फिर्ता बोलायो डीएसपी पौडेलको टोली
युनिट सुरक्षामा ध्यान नदिएको भन्दै सशस्त्र प्रहरीले फिर्ता बोलायो डीएसपी पौडेलको टोली

— कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, युनिट सुरक्षामा भएको लापरबाहीबारे छानबिन गर्न टोलीलाई काठमाडौं झिकाइएको हो ।

भारतबाट ४ चैतमा अवैध रुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर तस्करीमा संलग्न समूह अनाधिकृत रुपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेको थियो ।

त्यसबेला सशस्त्र प्रहरी कर्मचारीमाथि हातपातको प्रयास गर्दासमेत बल प्रयोग नगरेको र युनिटको आवश्यक सुरक्षा नआएको देखिएको भन्दै उनीहरुलाई काठमाडौं फिर्ता बोलाइएको भट्टले बताए ।

'कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भिर रुपमा छानबिन गर्नेछ,' भट्टले भने, 'तस्करी रोक्न विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएका डीएसपी पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्‍याएको देखिन्छ ।'

यो घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले एसपी अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति समेत गठन गरेको छ ।

फिर्ता बोलाइएको ठाउँमा अहिले कैलालीबाट टोली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्समा एक समूहले आक्रमण गरेको छ । कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको एम्बुलेन्समा सुर्खेतको छिन्चुनजिकै रामघाट बजारमा गएराति १० बजेतिर एक समूहले आक्रमण गरेको हो । आठ/नौ जनाको समूहमा आएका युवाले एम्बुलेन्स तोडफोड गर्नुका साथै आफूलाई कुटपिट गरेको चालक वसन्त शर्माले ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद नबनेपछि गायक प्रकाश सपुतले आफ्नो राजनीतिक यात्राबारे स्पष्टीकरण दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू संसद् छिर्न नपाए पनि चुनावी मैदानमा बोकेका उद्देश्य पूरा भएकामा कुनै गुनासो नरहेको बताएका छन्। पार्टी सभापति रवि लामिछानेले फोन गरेर ‘तपाईं छुट्नुभयो’ भनी जानकारी गराएको उल्लेख गर्दै सपुतले आफूलाई अब कुनै सरकारी नियुक्ति ...
— वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले ठगी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरेको हो । प्रहरीले गोलेलाई वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा जारी भएको पक्राउ पुर्जी बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला ...
— पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका ...
: मध्यपूर्वमा द्वन्द्वको ज्वाला उर्लिरहेको छ र त्यसको केन्द्रबिन्दुको घुम्तीमा कतार पनि परिरहेको छ–कहिले प्रत्यक्ष, कहिले अप्रत्यक्ष रूपमा। अमेरिका–इजरायलको प्रतिकार गर्दै इरानले हाल मध्यपूर्वका साउदी अरब, यूएई, कतार, बहराइन, कुवेत, जोर्डन र ओमानलगायतका मुलुकमा उच्च आधुनिक क्षमताका मिसाइल निरन्तर प्रहार गरिरहेको छ। इजरायलद्वारा इरानको दक्षिणमा पर्ने साउथ पार्स ग्यास क्षेत्रमाथि गरिएको प्रहारले सुरु भएको नयाँ तनाव ...