मुख्य समाचार
साउदीमा ‘ र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन
साउदीमा ‘ र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन

: पश्चिम एसियामा पछिल्ला दिनमा विकसित घटनाक्रमबाट सिर्जित परिस्थितिको निरन्तर फलो गर्ने, अन्तरनिकाय समन्वय गर्ने र उद्धारका लागि आवश्यक कदम चाल्न नेपाल सरकारलाई सुझाव दिने उद्देश्यले परराष्ट्र सचिवको संयोजकत्वमा उच्चस्तरीय आपत्कालीन इमर्जेन्सी रेस्पोन्स टिम गठन भएको छ। उक्त टिमको गत फागुन २६ गते बसेको बैठकको निर्देशनबमोजिम नेपाली राजदूतावास रियादका उपनियोग प्रमुख एवं हालका कार्यवाहक राजदूत सिर्जना अधिकारीको संयोजकत्वमा ‘र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरिएको हो।


र्‍यापिड रेस्पोन्स टास्कफोर्सले साउदी अरबमा आपत्मा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा, औषधि उपचार, मनोसामाजिक परामर्श र यातायात खर्च व्यवस्थापनलगायत सहयोग जुटाउने तथा परिचालन गर्ने जिम्मेवारी पाएको छ। यसका साथै साउदी अरेबियामा अवैध रूपमा रहेका नेपालीहरूको विवरण संकलन गर्ने, एक्जिट भिसा लगाउने र रजिस्ट्रेसन गर्ने जस्ता कार्यहरू सहकार्यमूलक एवं समन्वयात्मक ढंगमा अगाडि बढाइनेछ।


टास्कफोर्समा राजदूतावासका कर्मचारीहरू, नेपाली महावाणिज्य दूतावासका प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, नेपालका राजनीतिक दलका भ्रातृ संगठनका प्रतिनिधि, राजदूतावासका स्वयंसेवक र साउदी अरेबियामा रहेका विभिन्न नेपाली संघ–संस्थाहरूका प्रतिनिधिहरू रहेका छन्।



आवश्यकताअनुसार पछि थप सदस्यहरू पनि समेट्न सकिने दूतावासले जनाएको छ। सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन एउटा छुट्टै ह्वाट्सएप ग्रुप बनाइनेछ भने टास्कफोर्सका लागि सम्पर्क व्यक्तिका रूपमा राजदूतावासका द्वितीय सचिव अम्बरबहादुर नेपालीलाई तोकिएको छ, जसको सम्पर्क नम्बर ०९६६५०००२५९७३ रहेको छ।

परराष्ट्र सचिवको संयोजकत्वमा नेपाल सरकारले आपत्कालीन अवस्था निगरानी र समन्वयका लागि उच्चस्तरीय टिम बनाएको छ।
कार्यवाहक राजदूतको नेतृत्वमा टास्कफोर्स गठन भई नेपालीलाई राहत, उद्घार र सहयोगको जिम्मा दिइएको छ।
दूतावासले सबैलाई सुरक्षा निर्देशन पालना गर्न र सम्पर्कमा रहन आग्रह गरेको छ।
अवैध नेपालीको विवरणदेखि उद्घारसम्म टास्कफोर्स सक्रिय।
इरान र इजरायलबीचको बढ्दो तनावका कारण मध्यपूर्वमा यसको ठूलो असर देखिएको छ। हाल दैनिक रूपमा ड्रोन र मिसाइल हमलाका दृश्यहरू देखिने गरेका छन् भने खाडी मुलुकमध्ये साउदी अरबमा पनि यसको प्रभाव केही मात्रामा परेको छ। मिसाइल र ड्रोनको खतरा बढेसँगै सुरक्षा संवेदनशीलता बढेको महसुस गरिए पनि त्यहाँको एयर डिफेन्स प्रणाली निरन्तर सक्रिय रहेको छ।

पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी दिँदै कार्यवाहक राजदूत अधिकारीले इरानमाथिको आक्रमणपछि साउदी अरबका विभिन्न क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील र उच्च सतर्कताको स्तरमा पुगेको बताएका छन्। स्थिति पूर्ण युद्धको नभए तापनि आक्रमण–प्रत्याक्रमणको अवस्था भने कायम रहेको छ। रियाद सहरमा सायरन र विस्फोटका आवाजहरू सुनिएको रिपोर्ट आए पनि अहिलेसम्मको अवस्था सामान्य रहेको छ। केही तेल र ऊर्जा संरचनाहरूमा ड्रोन आक्रमणबाट क्षति पुगेको समाचार प्राप्त भए तापनि मानवीय क्षति न्यून रहेको देखिएको छ।

साउदी अरबमा रहेका नेपालीहरूको अवस्था हालसम्म सुरक्षित र सामान्य रहेको छ। केही क्षेत्रमा आक्रमण भए तापनि नेपालीहरू प्रत्यक्ष प्रभावित भएको पुष्टि भएको छैन। दूतावासले सबै नेपालीलाई स्थानीय सुरक्षा निर्देशन पालना गर्न र समुदायसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ। यस्तै, आक्रमणपछि यूएई, कुवेत, कतार र बहराइनजस्ता ट्रान्जिट मुलुकमा फसेका एक हजारभन्दा बढी नेपालीलाई दूतावासले भिसा सहजीकरण गरी यात्रा सहज बनाएको छ। हाल साउदीमा रहेका करिब १२ हजार नेपालीको तथ्यांक संकलन गरिए पनि तत्काल ठूलो संख्यामा स्वदेश फर्किने लहर भने देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...