मुख्य समाचार
जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ
जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ

। जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ। फाइनलमा आयोजक अस्ट्रेलियालाई १–० गोलले पराजित गर्दै जापानले तेस्रो पटक उपाधि हात पारेको हो।

सिड्नीमा भएको खेलमा पहिलो हाफमै माइका हमानोले उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन्। करिब १८ मिटर टाढाबाट गरेको उनको प्रहार निर्णायक बन्यो।

जापानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै २९ गोल गरेको थियो भने मात्र २ गोल खाएको थियो। यससँगै जापानले नयाँ प्रशिक्षक निल्स निल्सनको नेतृत्वमा पहिलो उपाधि जितेको हो।

अस्ट्रेलिया भने तेस्रोपटक फाइनलमा जापानसँगै पराजित भएको छ। यसअघि सन् २०१४ र २०१८ मा पनि अस्ट्रेलिया जापानसँग नै पराजित भएको थियो।

घरेलु भूमिमा पराजित भएपछि अस्ट्रेलियाली खेलाडीहरू स्तब्ध देखिएका थिए ।

जापानका प्रशिक्षक निल्सनले जितपछि राहत महसुस भएको बताएका छन्। उनले खेल ५०–५० को रहेको र आफूले अनुमान गरेजस्तै भएको बताए।

‘अस्ट्रेलियामा अस्ट्रेलियाविरुद्ध खेल्न निकै कठिन हुन्छ, तर टोलीले राम्रो प्रदर्शन गर्‍यो, केही अवसरमा हामी भाग्यमानी पनि भयौं’ उनले भने ।

उनले दर्शकको दबाब पनि चुनौतीपूर्ण रहेको बताए। ‘यस्तो उत्साही समर्थकबीच खेल्न गाह्रो हुन्छ। हामीले सानो गल्ती गर्दा पनि दर्शकको प्रतिक्रिया ठूलो हुन्थ्यो’ उनले भने, ‘अवसर सिर्जना गर्न गाह्रो भयो, यसमा हामीले अझ काम गर्नुपर्छ।’

यद्यपी उनले टोलीप्रति गर्व व्यक्त गर्दै अहिले उत्सव मनाउने समय भएको बताए। ‘आज म धेरै विश्लेषण गर्न चाहन्न। अहिले रमाउने समय हो। यो जापानको तेस्रो उपाधि हो, हामीले ६ खेल जित्यौं, त्यसैले ट्रफी जित्नु उचित नै हो’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुईजना जापानी नागरिकको शव फेला परेको छ। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्। काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम