मुख्य समाचार
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने

: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो।


गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो।


योजनाका अनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म सडक पूर्ण रूपमा बन्द हुने छ। चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट अप्रिल १ देखि सुरु हुने छ।



यस सडक खण्डको स्तरोन्नति चिनियाँ ठेकेदार सिजाङ थियनलुले गर्न लागेको हो। निर्माण पक्षले सडक बन्द गर्नुपर्ने माग गरेकाले उक्त निर्णय गरेको योजनाले जनाएको छ।

योजनाका अनुसार यस खण्डमा अति अप्ठ्यारो र अति नै जोखिमयुक्त ठाउँहरूमा निर्माण कार्य गर्दा निर्माण सामग्री तथा मेसिनरी राख्नुपर्ने, छिटोभन्दा छिटो प्रगति हासिल गर्न तथा सुरक्षाको दृष्टिकोणले सडक बन्द गरेर निर्माण कार्य गर्नका लागि सडक बन्द गर्नुपर्ने अवस्था आएको हो।

नागरिकको सामान्य जनजीवन प्रभावित नहुने गरी आपतकालीन र अति आवश्यक सवारीसाधनहरू सञ्चालनमा निर्माण व्यवसायीले सहजीकरण गर्नेछन्। यस अवधिमा अन्य सवारीसाधनहरू भने सञ्चालन गर्न पाइने छैन।

स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रे सहितको दुई लेनको सडक बनाउने छ।

२०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ का कारण काम पछि धकेलिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा ...
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...
: तेल र तरल प्राकृतिक ग्यास बोकेका ट्यांकरहरू होर्मुज जलडमरू हुँदै विश्वको करिब २० प्रतिशत आपूर्ति ढुवानी गर्छन् । तर पर्सियन खाडीका देशहरूका लागि यो जलमार्ग केवल ऊर्जा मार्ग मात्र होइन । यो १० करोडभन्दा बढी मानिसहरूको लागि जीवनरेखा हो । अब, अमेरिका र इजरायलको इरानसँगको युद्धले यो महत्वपूर्ण जलमार्ग अवरुद्ध गरिरहेको छ, जसले यस क्षेत्रमा ...