। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए ।
जसका कारण यात्रुहरू चिसो र भोकसँग जुध्दै खुला आकाशमुनि बस्न बाध्य भएका थिए । उनीहरूलाई भूमे गाउँपालिकाबाट डोजर पठाएर उद्धार गरेर सुरक्षित स्थानमा सारिएको उपाध्यक्ष सविना बुढाले जानकारी दिइन् ।
यस्तै सडक खुलाउने प्रयास पनि भइरहेको उनले बताइन् । ‘हाम्रो डोजरले बाटो सहज बनाएर यात्रुको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ । सडक पनि खुलाउने प्रयास भइरहेको छ,’ उनले भनिन् ।