मुख्य समाचार
ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको करिब पुगिसकेको टिप्पणी
ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको करिब पुगिसकेको टिप्पणी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको करिब पुगिसकेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै ट्रम्पले लक्ष्यको करिब पुगिसकेकाले बिस्तारै युद्ध रोक्नेबारे सोचिरहेको पनि उल्लेख गरेका छन् ।

‘हामी इरानको आतंकी शासनको सन्दर्भमा मध्यपूर्वमा आफ्नो ठुलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ,’ ट्रम्पले लेखेका छन्, ‘किनकि हामीले आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ ।’

अमेरिका र इजरायलले आफूमाथि सैन्य हमला गरेपछि इरानले समुद्री नाका स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गरेको छ । जसले विश्वको सबैभन्दा ठुलो तनाव सिर्जना गर्दै विश्वभर ऊर्जा संकट निम्त्याएको छ ।

त्यसबारे ट्रम्पले अमेरिकालाई त्यसको सुरक्षाबारे चिन्ता नभएको आशय व्यक्त गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यसको सुरक्षाको निगरानी गर्ने जिम्मा ती देशले उठाउनुपर्छ, जसले त्यसको प्रयोग गर्छन् ।’

यद्यपि ती देशले अमेरिकासँग होर्मुजको सुरक्षाका लागि सहयोग मागे त्यसमा मद्दत भने गर्ने प्रतिबद्धता जनाएका छन् । ‘तर, इरानको खतरा सकिएपछि हाम्रो सहयोग पनि आवश्यक पर्ने छैन । किनकि ती देशका लागि त्यो सजिलो सैन्य अभ्यास हुनेछ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले हालसम्मको युद्धमा इरानको मिसाइल क्षमता पूरा नष्ट गरिसकेको, इरानको सैन्य औद्योगिक आधारलाई ध्वस्त पारेको र इरान कहिल्यै पनि परमाणु हतियार बनाउनको नजिकसम्म नपुगोस् भनेर सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

त्यसबाहेक पनि ट्रम्पले मध्यपूर्वमा अमेरिकाले आफ्ना सहयोगी इजरायल, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत र अन्य देशलाई उच्चतम सुरक्षा प्रदान गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा ...
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। योजनाका ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...