: दोलखाको उच्च भेगमा हिमपात भएको छ । शनिबार बिहानैदेखि उच्च भेगमा हिमपात भएको छ भने तल्लो भेगमा पानी परिरहेको छ । प्रमुख पर्यटकीयस्थल कालिञ्चोकमा हिमपात भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
यस्तै शैलुङ, चेर्दुङ, हनुमन्ते डाँडाँलगायतका उच्च भेगमा हिमपात भएको छ । हिमपातपछि दोलखामा पर्यटकको चहलपहल बढ्ने आशामा होटल व्यवसायीहरु उत्साहित भएका छन् ।
हिमपात र बर्षाका कारण माथिल्लो भेगमा मुख्य बाली आलुमा चिसो पुग्ने भएकाले किसानहरु हर्षित भएका छन् । यस्तै मकै छर्ने बेलामा आएको पानी किसानका लागि खुशीको कुरा भएको छ ।