: बसको ठक्करबाट काठमाडौंमा दुई भारतीय नागरिकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको गएराति राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। उनीहरु ओमजनता यातायातको बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए।
प्रहरी उपरीक्षक सुवेदीले घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको जानकारी दिए। प्रहरीले बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई पक्राउ गरेको छ।