मुख्य समाचार
‘हेयर एक्सटेंशन’ मा भेटिए स्तन क्यान्सरसँग सम्बन्धित ‘केमिकल’
‘हेयर एक्सटेंशन’ मा भेटिए स्तन क्यान्सरसँग सम्बन्धित ‘केमिकल’

: विश्वभरका लाखौं महिलाले प्रयोग गर्ने हेयर एक्सटेंशनमा यस्ता रसायनहरू हुन सक्छन्, जसले ब्रेस्ट क्यान्सर, हर्मोनको गडबडी र प्रजननसँग सम्बन्धित समस्या निम्त्याउन सक्छन् । यो दाबी हालसम्म गरिएको सबैभन्दा ठूलो अध्ययनमध्ये एकमा गरिएको हो।


वैज्ञानिकहरूले सिंथेटिक र प्राकृतिक दुवै प्रकारका कपालबाट बनेका विभिन्न उत्पादनहरू–जस्तै विग, ब्रेडिङ हेयर, वीभ्स र क्लिप–इन एक्सटेंशनको परीक्षण गरेका थिए । करिब सबै नमुनामा उनीहरूले करिब ५० वटा खतरनाक रसायन भेट्टाए । यी नतिजाहरू अमेरिकन केमिकल सोसाइटीको जर्नलमा प्रकाशित भएका छन् ।


यसपछि अर्बौं डलरको यस उद्योगमा कडा नियम बनाउने र उपभोक्तालाई बढी जानकारी दिने माग बढेको छ । अध्ययनकी प्रमुख लेखिका डा. एलिसिया फ्र्याङ्कलिन भन्छिन्, ‘हामी यस्ता कम्पनीहरूमा विश्वास गरिरहेका छौं, जसलाई आफ्ना उत्पादनमा खतरनाक रसायन प्रयोग नगर्ने जिम्मेवारी दिइएको छैन ।’



वैज्ञानिकहरूका अनुसार हेयर एक्सटेंशन विशेष रूपमा जोखिमपूर्ण हुन सक्छन्, किनकि तिनीहरू लामो समयसम्म लगाइन्छन् र लगातार छालासँग सम्पर्कमा रहन्छन् । यस्तो निरन्तर सम्पर्कले दीर्घकालमा स्वास्थ्य जोखिम बढाउन सक्छ । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘हेयर एक्सटेंशन टाउकोको छाला, घाँटी र शरीरसँग हप्तौं, महिनौंसम्म सम्पर्कमा रहन्छ ।’

खतरनाक रसायनहरू
शोधकर्ताहरूका अनुसार ‘भर्जिन’ वा ‘नेचुरल’ भनेर बेचिएका कपालहरू पनि सुरक्षित हुन्छन् भन्ने जरुरी छैन । विश्वभर हेयर एक्सटेंशनको बजार तीव्र रूपमा बढिरहेको छ र सन् २०२८ सम्म यसको मूल्य १४ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान छ ।

यद्यपि धेरै महिलाहरूले सौन्दर्य वा फेसनका लागि हेयर एक्सटेंशन रोज्छन्, तर अध्ययन अनुसार प्रयोगकर्ताहरूको ठूलो हिस्सा काला महिलाहरू हुन्, जसका लागि यो कपाल व्यवस्थापन गर्ने सजिलो तरिका हो । सिंथेटिक एक्सटेंशन करिब २० डलरमा पाइन्छन् भने उच्च गुणस्तरका मानव कपालबाट बनेका एक्सटेंशन हजारौं डलरसम्म पर्न सक्छन् ।

वैज्ञानिकहरूले परीक्षण गरेका ४३ नमुनामध्ये कुल १७० विभिन्न रसायन भेटिए । तीमध्ये ४८ रसायन संयुक्त राष्ट्र र युरोपेली केमिकल एजेन्सीका खतरनाक रसायन सूचीमा परेका थिए । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘यिनमा आगोबाट जोगाउने रसायनदेखि लिएर कीटनाशकसम्म थिए, साथै फ्थालेट जस्ता पदार्थ पनि थिए, जसले हर्मोनलाई असर गर्छ ।’

अध्ययनले देखायो कि स्तन क्यान्सरसँग सम्बन्धित १७ रसायन ३६ नमुनामा भेटिए । करिब १० प्रतिशत नमुनामा खतरनाक अर्गानो–टिन यौगिक पनि भेटिए । यी रसायनहरू छालामा जलन र हर्मोनमा असर गर्नेसँग सम्बन्धित छन्, जसले प्रजनन क्षमता र शरीरका विकास प्रक्रियामा असर गर्न सक्छ ।

सबैभन्दा बढी भेटिएको रसायन फिनोल थियो, जसको प्रयोग काठ जोड्ने गोंदमा गरिन्छ । साथै प्लास्टिकलाई लचिलो बनाउन प्रयोग हुने बिष (२–एथिलहेक्सिल) फ्थालेट पनि भेटियो । शोधकर्ताहरूका अनुसार यी रसायनहरूले शरीरमा स्तन क्यान्सरसँग सम्बन्धित जैविक परिवर्तनहरू निम्त्याउन सक्छन् ।

मानव कपाल सुरक्षित छ ?
वैज्ञानिकहरूले केही ‘भर्जिन’ वा ‘र’ भनिएका मानव कपालका नमुनाहरू पनि परीक्षण गरे । तर आश्चर्यजनक रूपमा, केही मानव कपालका नमुनामा पनि सिंथेटिक कपालभन्दा बढी खतरनाक रसायन भेटिए । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘सिर्फ कपाललाई मानव वा प्राकृतिक भनेर लेबल लगाइएकोले त्यो सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।’ केही मानव कपालका नमुनामा पाँचदेखि सात वटा खतरनाक रसायन भेटिएका थिए ।

जोखिम र असर
हेयर एक्सटेंशन प्रयोग गर्दा विभिन्न समस्याहरू देखिएका छन्, जस्तै : चिलाउने, रातोपन, फोका, ढुसी र दुर्लभ अवस्थामा सास फेर्न समस्या । यी रसायनहरू छालाबाट र सासबाट शरीरभित्र जान सक्छन् ।

सुरक्षासम्बन्धी चिन्ता
अहिले यी रसायनहरूको प्रयोगमा स्पष्ट नियम छैन । त्यसैले उत्पादकहरूले पर्याप्त जानकारी नदिईकन उत्पादन बेच्न सक्छन् । हेयर एक्सटेंशनलाई प्रायः सौन्दर्य प्रसाधन श्रेणीमा नराखिएकाले, तिनीहरूमा कडा सुरक्षा परीक्षण लागू हुँदैन । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘यदि यी उत्पादन बजारमै नभएको भए, हामीले छनोट गर्ने आवश्यकता नै पर्ने थिएन ।’ बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो । शव व्यवस्थापनमा आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी सामग्रीको अभाव देखिएको जानकारी प्राप्त भएपछि यस्ता सामग्र उपलब्ध गराइएको प्रारम्भ नेपालकी अध्यक्ष ...
। नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । प्राकृतिक विपद्‍मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ । ‘नेपाल मेडिकल ...
। विपद्‌ प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् । कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, ...
: त्रिशूली नदीमा फेला परेका तथा हालसम्म पहिचान हुन नसकेका शवका आंशिक अंग धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी हाइटको ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव तथा मानव अंगमध्ये पहिचान हुन नसकेका आंशिक अंगलाई भविष्यमा समेत आवश्यक परे पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ...
: रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन गर्न थालिएको छ। सोमबार दिउँसोसम्म ४५ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए। शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरु खटिएका छन्। गण्डक क्षेत्रमा फेला परेका शवहरु राख्ने ठाउँ अभाव भएपछि पृथ्वीचन्द्र ...