मुख्य समाचार
आयरल्यान्ड क्रिकेट टोलीले सन् २०२६ मा नेपाल भ्रमण गर्ने
आयरल्यान्ड क्रिकेट टोलीले सन् २०२६ मा नेपाल भ्रमण गर्ने

। आयरल्यान्ड क्रिकेट टोलीले सन् २०२६ मा नेपाल भ्रमण गर्ने भएको छ । टेस्ट राष्ट्र आयरल्यान्डले सन् २०२६ का लागि सार्वजनिक गरेको कार्यक्रमहरूमा नेपाल आएर शृंखला खेल्ने पनि उल्लेख गरिएको हो ।

आईसीसीमा उल्लेख भएअनुसार आयरल्यान्डले अगस्टमा अफगानिस्तानसँग खेलेपछि नेपाल भ्रमण गर्ने तालिका छ। नयाँ पाँच वर्षे रणनीतिक साझेदारीअन्तर्गत आयरल्यान्डले नेपालमा आएर ह्वाइट–बल (एकदिवसीय र टी–२०) सिरिज खेल्ने कार्यक्रम तय भएको जनाइएको छ।

यद्यपी, यस साझेदारीका बारेमा नेपाल क्रिकेट संघ (क्यान) ले भने आधिकारिक जानकारी दिइसकेको छैन । यसबारेमा बुझ्न खोज्दा क्यान प्रवक्तासँग सम्पर्क हुन सकेन ।

क्यानका सचिव पारस खड्काले वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने क्रममा कम्तीमा दुईवटा टेस्ट राष्ट्रसँग नेपालमै शृंखला खेल्ने लक्ष्य रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...