मुख्य समाचार
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको दुबै खेल वर्षाले प्रभावित
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको दुबै खेल वर्षाले प्रभावित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको दुबै खेल वर्षाले प्रभावित बनेको छ । वर्षा नरोकिएपछी वीरगन्ज र जनकपुरधामस्थित रंगशालामा हुन लागेको दुबै खेल रद्द गरिएको हो ।


वीरगन्जस्थित नारायणी रंगशालामा कर्णाली र लुम्बिनी तथा जनकपुरधामस्थित रामजानकी रंगशालामा मधेस र कोशीबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछी चार वटै टिमले १–१ अंक बाडेका छन् ।


कर्णाली र लुम्बिनीको खेल सुरु भएर रोकिएको थियो भने मधेस र कोशीको खेल टस नहुँदै रद्द भएको हो । यसअघि जनकपुरमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्तकुमार कुशवाहा र वीरगन्जमा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

वर्षा सुरु हुनुअघि वीरगन्जमा कर्णालीले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको थियो । कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ र सुनिल धमलाले ७ रन बनाएका थिए भने लुम्बिनीका बलर सन्देश थापाले चार ओभर बलिङ गर्दै १२ रन र राजेन्द्र बमले तीन ओभर बलिङ गर्दै एक मेडनसहित आठ रन खर्चिएका थिए ।

यसअघि लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा नरोकिएपछी दुबै खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए । प्रधानमन्त्री कपको यस संस्करण मधेस प्रदेशका दुई र काठमाडौंको तल्लो र माथिल्लो मुलपानी गरी चार रंगशालामा हुँदैछ ।

प्रतियोगिताको फाइनलसहित १९ वटा खेल वीरगन्जमा र उद्घाटनसहित १७ वटा खेल जनकपुरमा हुनेछन् भने बाँकी १० वटा खेल तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । आईसीसी विश्वकप लिग २ को तयारीका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री कपको कुनै पनि खेल हुने छैन । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि रंगशालामा तय भएका सबै खेल तल्लो मुलपानी रंगशालामा सारेको छ ।


झण्डै एक महिनासम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात वटा प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता टोली हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...