मुख्य समाचार
शेरबहादुर देउवा सिंगापुरबाट हङकङ
शेरबहादुर देउवा सिंगापुरबाट हङकङ

। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिकक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

देउवा फागुन १३ गते नेपालबाट सिंगापुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसैले पनि आफूलाई वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार बताउँदै प्रचार प्रसार नगर्न पार्टीका नेता–कार्यकर्ताहरुलाई सचेत गराएको छ । फागुन २१ को निर्वाचनबाट पर्सासहित देशैभरबाट रास्वपाको झण्डै दुई तिहाई बहुमत आएलगत्तै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट रास्वपाका केहि युवा नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा आफू वीरगञ्ज महानगरको मेयर र वडाध्यक्ष ...
। कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी ...
: दोलखाको उच्च भेगमा हिमपात भएको छ । शनिबार बिहानैदेखि उच्च भेगमा हिमपात भएको छ भने तल्लो भेगमा पानी परिरहेको छ । प्रमुख पर्यटकीयस्थल कालिञ्चोकमा हिमपात भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यस्तै शैलुङ, चेर्दुङ, हनुमन्ते डाँडाँलगायतका उच्च भेगमा हिमपात भएको छ । हिमपातपछि दोलखामा पर्यटकको चहलपहल बढ्ने आशामा होटल व्यवसायीहरु उत्साहित ...
। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । दुई फरक घटनामा पाँचजना पक्राउ गरेको ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार पहिलो घटनामा काठमाडौंमा विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई समेत लागु औषध बिक्री गरिरहेको सूचनाका आधारमा ललितपुरबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्ने मकवानपुरको थाहा ...
। भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरूको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस? कार्की आयोगको ...