मुख्य समाचार
इरानसँगको युद्धले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई यस्ता पाँच फाइदा
इरानसँगको युद्धले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई यस्ता पाँच फाइदा

: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै अघिल्ला इजरायली नेताहरूले गर्न नसकेको काम गरेका छन् । उनको एउटा उपलब्धीमा अमेरिकासँग मिलेर आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध खुला रूपमा लामो समयसम्म आक्रमण गर्न सहमत गराउनु हो ।


अहिलेसम्म ती आक्रमणहरूमा इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जबकि इजरायली आक्रमणले लेबनानमा १,००० जनाको ज्यान लिएको छ । साथै धेरै क्षेत्रीय देशहरूमा पनि थप मृत्यु भएका छन्–जसको असर धेरैले पहिल्यै अनुमान गरेका थिए ।


विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिने तेलको मूल्य नयाँ उचाइमा पुगेको छ, जसले अभाव र सम्भावित राशनिङको सम्भावनालाई अझ नजिक ल्याएको छ । अमेरिकामा, डेमोक्र्याट सांसदहरूका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पका केही प्रमुख समर्थकहरू–जस्तै मिडिया व्यक्तित्व टकर कार्लसन र पोडकास्ट होस्ट जो रोगनले पनि खुलेर विरोध जनाएका छन् ।



युद्धको सम्भावित समाधान के हुने भन्नेमा कुनै स्पष्ट सहमति छैन र यसले अमेरिका र उसका युरोपेली तथा पश्चिमी सहयोगीहरूबीच कूटनीतिक दूरी बढाएको छ । तर नेतान्याहुका लागि यी सबैभन्दा पनि कम महत्वका हुन सक्छन्, किनकि उनले यस द्वन्द्वबाट पहिले नै केही महत्वपूर्ण फाइदा प्राप्त गरिसकेको महसुस गर्न सक्छन् । तल हेर्नुहोस–इरानसँगको युद्धले नेतान्याहुका केही वर्षदेखिका समस्या कसरी समाधान गर्न सक्छ ।

इरानी खतरा
नेतान्याहुले वर्षौंदेखि इरानले इजरायल र विश्वका लागि खतरा भएको चेतावनी दिँदै आएका छन् । उनले संयुक्त राष्ट्रसंघमा इरान नजिकै आणविक हतियार बनाउन लागेको दाबी समेत गरेका थिए । इजरायलले सधैं इरानसँगको कुनै पनि युद्ध जित्न अमेरिकाको साथ आवश्यक ठान्दै आएको थियो, तर त्यो समर्थन अन्ततः ट्रम्प आएपछि मात्र प्राप्त भयो ।

गत वर्ष ट्रम्पले इजरायलसँग मिलेर युद्धमा सहभागी भए, तर इरानी आणविक साइटहरूमा आक्रमण भएपछि चाँडै युद्ध अन्त्य गर्नतर्फ लागे । यस पटक भने ट्रम्प सुरुदेखि नै युद्धमा सहभागी थिए । युद्धको अन्त्य अझै अनिश्चित छ, तर नेतान्याहुले इरानविरुद्ध अमेरिकालाई साथमा ल्याउन सफल भएकोमा आफूलाई सफल ठान्नेछन् ।

युद्धले इरानी सरकारलाई पतन नगराए पनि, इरान कमजोर भएको छ र भविष्यमा इजरायलका लागि कम खतरा हुन सक्छ । साथै, इरानको क्षेत्रीय प्रभाव-जसमा लेबनानको हिजबुल्लाह र सिरियाका बशर अल–असदको शासनको पतन पनि समावेश छ-कमजोर भएपछि नेतान्याहुले इजरायललाई क्षेत्रको प्रमुख शक्तिका रूपमा प्रस्तुत गर्न सक्छन् ।

नेतान्याहुको भ्रष्टाचार मुद्दा
नेतान्याहु २०१९ देखि तीन वटा भ्रष्टाचार मुद्दामा अदालतमा छन् । उनीमाथि मुद्दा ढिलाइ गराउन र टार्न युद्धलाई प्रयोग गरेको आरोप लागेको छ । उनले हालै इजरायली राष्ट्रपति इसहाक हर्जोगसँग माफी दिन आग्रह गरेका छन्, जसले उनलाई सजायबाट जोगाउन सक्छ। तर इजरायलको न्याय मन्त्रालयले मुद्दा चलिरहेको बेला माफी दिनु अनुचित हुने बताएको छ ।

न्यायिक सुधारका अवरोध
नेतान्याहु र उनका दायाँपन्थी सहयोगीहरूले न्याय प्रणालीलाई कमजोर पार्ने प्रयास गरेका छन्, जसको विरोध व्यापक रूपमा भएको थियो । तर युद्धका कारण विरोध आन्दोलन कमजोर भएको छ र नेतान्याहुले विवादास्पद कानुनहरू अघि बढाइरहेका छन् ।

प्यालेस्टिनीहरूमाथिको आलोचना
पश्चिम किनार र गाजामा प्यालेस्टिनीहरूमाथिको हिंसा बढेको छ । अन्तर्राष्ट्रिय समुदायले यसबारे चिन्ता व्यक्त गरेको छ । तर इरानसँगको युद्धका कारण यी विषयहरूमा अन्तर्राष्ट्रिय दबाब कम भएको छ ।

नेतान्याहुको चुनावी डर
अक्टोबर ७ पछि नेतान्याहुको लोकप्रियता घटेको थियो र उनी चुनाव हार्ने अवस्थामा थिए । तर हालैका सर्वेक्षणहरूमा युद्धको कारण उनको समर्थन बढेको देखिएको छ । केही विश्लेषकहरूका अनुसार उनले यो लोकप्रियता प्रयोग गरी चाँडै चुनाव घोषणा गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम