मुख्य समाचार
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका छन्
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका छन्

: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका छन्। पार्टी कार्यालयमा शुक्रबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिमा उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए।


प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्‍याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ। 'विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,' उनले भनेका छन, 'त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।'


उपसभापति शर्माले राजीनामाका विषयमा सात कारणसमेत खुलाएका छन्। उनले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको बताए।



उनले पहिलो दल बन्न नसके पनि एक संयमित र जिम्मेवार राजनीतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको उल्लेख गरेका छन्। 'प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ। राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ,' उनले भनेका छन्।

उपसभापति शर्माले पराजय हुँदा पनि देशभर पार्टीपंक्ति नहल्लिएको बताए। दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने ऊर्जा आम पार्टी सदस्यमा देखिएको र त्यो अत्यन्तै सकारात्मक रहेको बताए। विशेष महाधिवेशनमार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा ऊर्जाका साथ खट्न नसकिने र योभन्दा खराब अवस्था आउने उनले आकलन गरेका छन्। 'पराजय व्यहोरेको भए पनि बिशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अब्यक्त मनोविज्ञान र व्यक्त धारणा पाइएको छ,' उनले भनेका छन्।

उनले प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताए। तर, परिवर्तनको सन्देशले पार्टी पंक्तिमा ऊर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको उनको भनाइ छ। 'वर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रूपमा प्रकट भइसकेको छ। अब यो विगत बनिसक्यो। अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुर्‍याउन हामीलाई समय मिलेको छ,' उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका छन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् । उनले गुटबन्दीको ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र सिराहाको मिर्चैया नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्। काठमाडौं ...
: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र ...
: सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ...
स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम