मुख्य समाचार
रुवान्डाकी १५ वर्षीया क्रिकेटर फानी उतागुशिमानिन्देले महिला टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै शतक बनाउँदै दोहोरो कीर्तिमान
रुवान्डाकी १५ वर्षीया क्रिकेटर फानी उतागुशिमानिन्देले महिला टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै शतक बनाउँदै दोहोरो कीर्तिमान

। रुवान्डाकी १५ वर्षीया क्रिकेटर फानी उतागुशिमानिन्देले महिला टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै शतक बनाउँदै दोहोरो कीर्तिमान बनाएकी छन् ।

फानीले नाइजेरियामा भइरहेको प्रतियोगितामा घानाविरुद्ध डेब्यू खेल खेल्दा ६५ बलमा अविजित १११ रन बनाएर कीर्तिमान बनाएकी हुन् । डेब्यू खेलमै शतक बनाउने उनी पहिलो खेलाडी बनिन् ।

१५ वर्ष २२३ दिनको उमेरमा उनले शतक बनाउँदै महिला टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतक बनाउने कीर्तिमान समेत कायम गरिन्।

यसअघि डेब्युमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान अष्ट्रेलियाकी कारेन रोल्टनको नाममा थियो, जसले सन् २००५ मा इंग्ल्यान्डविरुद्ध ९६ रन बनाएकी थिइन्।

त्यस्तै, सबैभन्दा कम उमेरमा शतक बनाउने रेकर्ड युगान्डाकी प्रोस्कोभिया अलाकोसँग थियो।

फ्यानीको उत्कृष्ट इनिङ्सकै मद्दतले रुवान्डाले ३ विकेट गुमाएर २१० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा घानाले २० ओभरमा ८ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो र १२२ रनले पराजित भयो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम