मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय,काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भइ वर्गीकरणमा छुटेकालाई अन्तिम पटक सूचना जारी
जिल्ला प्रशासन कार्यालय,काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भइ वर्गीकरणमा छुटेकालाई अन्तिम पटक सूचना जारी

: जिल्ला प्रशासन कार्यालय,काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भइ वर्गीकरणमा छुटेकालाई अन्तिम पटक सूचना जारी गरेको छ। यसअघि सञ्चालन गरिएका वर्गीकरण प्रक्रियामा छुटेका घाइतेहरूलाई लक्षित गर्दै यो सूचना प्रकाशित गरिएको हो।


जिल्ला प्रशासनका अनुसार छुट भएका घाइतेहरूलाई चैत २० गते शुक्रबार दिउँसो १२:०० बजे जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा उपस्थित हुन आग्रह गरिएको छ।


घाइतेहरूले आफूले उपचार तथा परीक्षण गराएको सम्बन्धित कागजात र जेनजी घाइते परिचयपत्र साथमा ल्याई अनिवार्य रूपमा स्वयं उपस्थित हुनुपर्नेछ।



कार्यालयले यस सूचनालाई अन्तिम अवसरको रूपमा लिई सम्बन्धित सबैलाई जानकारी गराएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका छन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् । उनले गुटबन्दीको ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र सिराहाको मिर्चैया नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्। काठमाडौं ...
: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र ...
: सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ...
स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम