मुख्य समाचार
अविरल वर्षासँगै आएको बाढीका कारण बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको बाढीका कारण बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग अवरुद्ध

: शुक्रबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् एसपी लालध्वज सुवेदीका अनुसार वर्षासँगै रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्गको नेपालथोक–भकुण्डेबेसी सडक खण्ड अवरुद्ध भएको हो।


शनिबार बिहान साँढे तीन बजेदेखि नेपालथोक–भकुण्डेबेसी खण्ड अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ कालढुंगा र दाउन्नेमा रोशीमा आएको बाढीले क्षति पुर्‍याएको छ।


रोशी खोलाको पानीको बहाव बढी सडकमा समेत क्षति पुगेपछि बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ हिडेका सवारीलाई सिन्धुलीमाढी, दुम्जा र नेपालथोकमा होल्ड गरिएको प्रहरीले जनाएको छ। यस्तै काठमाण्डौबाट पूर्व तर्फ आउँदै गरेका सवारीलाई भकुण्डेबसीमै रोखिएको छ।



सिन्धुलीको दुम्जा प्रहरी चौकीमा २५/३० वटा सवारी र सिन्धुली चेकपोष्टमा १२/१३ वटा सवारी साधन होल्डमा राखिएको प्रहरी प्रमुख सुवेदीको भनाई छ।
अवरुद्ध राजमार्ग खुलाउन आवश्यक पहल थालिएपनि सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका छन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् । उनले गुटबन्दीको ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र सिराहाको मिर्चैया नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्। काठमाडौं ...
: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र ...
: सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ...
स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम