मुख्य समाचार
सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका एक युवाको अस्पताल पुर्‍याउनासाथ मृत्यु
सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका एक युवाको अस्पताल पुर्‍याउनासाथ मृत्यु

: मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा शुक्रबार बिहान सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका एक युवाको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको छ।


मोरङ प्रहरीका अनुसार मृत्यु हुनेमा बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साह रहेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोठगाउँको सडक नजिकै बिहान ६:१५ बजे उनलाई स्थानीय र प्रहरीले घाइते अवस्थामा फेला पारेका थिए।


मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार साहको शरीरका विभिन्न भाग, टाउको र अनुहारमा गहिरो चोटपटक देखिएको थियो। प्रहरी चौकी गछियाका सई राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनलाई तत्कालै उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएको थियो। तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरिदिए।



प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साह बिहीबार साँझ घरबाट को ३० प ६५३१ नम्बरको मोटरसाइकल लिएर निस्किएको पत्ता लागेको छ । प्रहरीका अनुसार उनी घाइते अवस्थामा फेला परेको घटनास्थल नजिकै मोटरसाइकल स्टेण्ड लगाएर राखिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका वरिष्ठ सइ डम्बरबहादुर थापा र इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर भीमराज राई नेतृत्वको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

‘घाइतेको कम्मरमुनि र शरीरको विभिन्न भागमा धेरै चोटपटक थियो । उद्धार गरेर उपचारका लागि पठाए पनि चिकित्सकले मृत घोषित गरिदिए । घटनास्थलनजिकै साहको nullसमेत फेला परेको थियो,’ डीएसपी लामिछानेले भने । उनका अनुसार सवारीसाधनको ठक्करबाट साहको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । सवारीसाधनको ठक्करबाट वा घटनाको अन्य कुनै कारण छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहका परिवारलाई घटनाको जानकारी गराइएको छ। शव कोशी अस्पतालमै छ। विभिन्न कोणबाट अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण पत्ता लाग्ने जानकारी डीएसपी लामिछानले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका छन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् । उनले गुटबन्दीको ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र सिराहाको मिर्चैया नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्। काठमाडौं ...
: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र ...
: सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ...
स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम