मुख्य समाचार
अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ
अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ

। अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी खोलामा पानीको बहाव कम भएको र बगाएको स्थानको सडक मर्मत गरेपश्चात सवारी साधन पुन: सञ्चालनमा आएका हुन्न् ।

सवारी साधन सञ्चालन गरिए पनि वर्षा हुने सम्भावना कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको थियो । उक्त स्थानमा सडक विभाग र स्थानीय तहसँगको समन्वयमा सडक खुलाइएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि काभ्रेखण्डको सवारीसाधनहरुलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा होल्ड गरिएको थियो भने सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा होल्ड गरिएको थियो ।

२०८१ र ०८२ मा आएको अविरल वर्षाको कारण रोशी खोलाले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे-नेपालथोक खण्ड निर्माणको अवस्थामा छ । निर्माणको क्रममा रोशी खोलाको बगरमा डाइभर्सन गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संगठनको कार्यगत स्वयत्तताका लागि अब पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको छ । शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई स्वचालित बनाउने भन्दै अब उप्रान्त पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको हो । ‘नेविसंघले खोजेको कार्यगत स्वयत्तता हो । पार्टीको भ्रातृ संगठनका रूपमा रहँदा हरेक निर्णय पार्टीको निर्देशनमा गर्नुपर्ने बाध्यता रह्यो ...
। अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर ...
: राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्। शनिबार राष्ट्रपति भवन शीतल निवासबाट जारी गरिएको शुभकामना सन्देशमा राष्ट्रपतिले ईद पर्वलाई आपसी खुसीयाली, भाइचारा र सद्भावको प्रतीकका रूपमा चित्रण गरेका छन् । राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा मुस्लिम समुदायले रिस, ...
: जिल्ला प्रशासन कार्यालय,काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भइ वर्गीकरणमा छुटेकालाई अन्तिम पटक सूचना जारी गरेको छ। यसअघि सञ्चालन गरिएका वर्गीकरण प्रक्रियामा छुटेका घाइतेहरूलाई लक्षित गर्दै यो सूचना प्रकाशित गरिएको हो। जिल्ला प्रशासनका अनुसार छुट भएका घाइतेहरूलाई चैत २० गते शुक्रबार दिउँसो १२:०० बजे जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा उपस्थित हुन आग्रह गरिएको छ। घाइतेहरूले आफूले उपचार तथा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छने । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वासपनि व्यक्त गरेका हुन् । सन्देशमा भनिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम